शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुधिर चौधरीले तर्साएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडानमा नयाँ नियम

सुधिर चौधरीले तर्साएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडानमा नयाँ नियम

  • शुक्रबार, फाल्गुन ७, २०७७
सुधिर चौधरीले तर्साएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडानमा नयाँ नियम

भारतीय पत्रकार सुधिर चौधरीले बीना अनुमति सगरमाथा राष्ट्रिय निकुन्जभित्र कार्यक्रम छायांकन गरी प्रसारण गरेको नजिरका आधारमा सगरमाथा क्षेत्रमा हेलिकोप्टरहरूको उडान-अवतरणामा कडा नियम ल्याइएको छ ।

चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए । उनलाई हेलिकोप्टरले पुस २६ मा निकुञ्जको अनुमति नलिई कालापत्थर क्षेत्रका लगि कार्यक्रम छायाङ्कन गराएको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्जले भने अब सगरमाथा राष्ट्रिय निकुन्जभित्र पर्ने तीन वटा हेलिप्याडमा अनुमतिमा मात्र उडान गर्न पाउने र अन्य क्षेत्रमा हेलिकोप्टर अवतरण तथा ओभरिङ गर्न नपाउने गरी रोक लगाएको छ ।

निकुन्जले बुधबार नेपालका सबै हेलिकोप्टर कम्पनीलाई पत्र काट्दै यस्तो निर्णयबारे जानकारी गराएको हो ।

विशेष परिस्थितिमा भने उड्न सक्ने

निकुञ्जले पूर्वस्वीकृति लिएर पर्यटकको उद्धारमा जाने हेलिकोप्टरलाई भने उडानमा रोक नलगाउने बताएको छ । अप्ठ्यारो सामग्री ढुवानीमा समेत हेलिकोप्टरको प्रयोग गर्न सकिने भएको छ ।

यसबाहेक विशेष परिस्थितिमा भने हेलिकोप्टर उडान र ओभरिङ गर्न सकिने निकुञ्जले जनाएको छ । तर, नियमित अवस्थामा भने अब हेलिकोप्टर कम्पनीले पर्यटकलाई लगेर निकुन्ज भित्र उडान गर्न सक्ने छैनन् ।

तर, तोकिएको हेलिप्याडमा भने पूर्वस्वीकृति लिएर हेलिकोप्टर अवतरण गर्न सकिने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत पेम्बा शेर्पाले जनाएका छन् ।

तीन हेलिप्याडमा अनुमति

निकुन्जभित्र लुक्ला, स्याङबोचे र नाम्चेस्थित हेलिप्याण्डमा भने हेलिकोप्टर कम्पनीले पूर्वअनुमति लिएर हेलिकोप्टर अवतरण गर्न सक्ने भएका छन् । तोकिएका क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर रोक्न नपाइने प्रावधानको कार्यान्वयनमा कडाई गर्न निकुन्जले स्थानीय प्रहरी प्रशासन, होटेल तथा लज व्यवसायी, नागरिक उड्डयन प्राधिकरण, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, निकुन्जको सुरक्षामा खटिएको सेनालाई समेत आहृवान गरेको छ ।

तोकिएको क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर अवतरण गराएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने चेतावनी समेत निकुन्जले दिएको छ ।

भागिदार बने सबै हेलि

भारतीय संचारमाध्यम जी न्युजका सम्पादक सुधिर चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष अन्तर्वार्ता लिन काठमाडौं आएका थिए । उनलाई वालुवाटार ल्याउन सहयोग गर्ने पार्टीले नै उनलाई सगरमाथाको कालापत्थरसम्म पुर्‍याएको थियो ।

उनले कालापत्थरबाट सगरमाथामा भारतले पनि आफ्नो दावी पेश गर्नुपर्ने भन्दै रिर्पोट बजाए । यसले सरकारको आलोचना भएको थियो । उनलाई सगरमाथासम्म पुर्‍याउन भूमिका खेलेको सिमि्रक एयरको गल्तीले अहिले सबै हेलिकोप्टर कम्पनीमाथि कारवाही भएपछि भने व्यवसायी रुष्ट छन् ।

एक हेलिकोप्टर व्यवसायीले अनलाइनखबरसँग भने, ‘कोरोना महामारीले थलिएको व्यवसाय प्रवर्द्धन गर्नुपर्नेमा निषेधको नीति आयो, गल्ती गर्नेलाई कारवाही गर्ने हो, सबैको उडान रोक्ने होइन ।’

खासगरी महँगो शूल्क तिरेर पर्यटक कालापत्थरसम्म हेलीकोप्टर उडानमा जान चाहेमा अहिले कम्पनीहरुले प्याकेजमा लैजाने गर्थे ।

तर, निकुञ्जको बुधबारको पत्रसँगै त्यो सम्भावना रोकिएको हो । अब उद्धार र विशेष उडानमा बाहेक हेलिकोप्टरले सगरमाथा आसपास अवतरण गर्न सक्ने छैनन् । #अनलाइन खवर

चर्चामा

सम्बन्धित समाचार