
सुर्खेत– समाजिक सेवामा तल्लिन युवा शैलेन्द्र विष्टले विपन्न विद्यार्थीलाई स्टेस्नरी सहयोग गरेका छन् । सरस्वती पुजाको अवसरमा सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालय वीरेन्द्रनगरमा पढीरहेका कृष्णा भट्टराई, भुपेन्द्र भट्टराई, भानुभक्त भट्राईलाई पाँच हजार रुपैयाँ बराबरको स्टेस्नरी सामग्री हस्तान्त्रण गरेको बताए ।
‘घरको आर्थिकस्थिति कमजोर देखेर उनीहरुको पढाईमा सहयोग पुगोस भनेर सहयोग गरेको हुँ’ विष्टले वताए । कापी, कलम समेत नहुँदा कैयौं दिन विद्यालय समेत नगएको कक्षा सातामा अध्ययनरत कृष्णा भट्टराईले बताईन् । कृष्णाले आफुहरुलाई वर्षभरी पुग्ने स्टेस्नरी दिएकोमा खुसी हुँदै समाजसेवी विष्टलाई धन्यवाद दिएकी थिइन् ।
ललितपुरको छम्पी स्थायी घर भएका विष्ट विगत २२ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरिहेका छन् । कर्णाली प्रदेशमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणको पैरवी कार्यक्रम स्याफ्रन नेपालमा काम गर्दै आएका विष्टले समस्यामा परेका नागरिकलाई सहयोग गर्न पाउँदा आनन्द लाग्ने गरेको बताए ।
