म आफ्नो कामको सिलसिलामा अठत्तिस सेक्टर गयको थिएँ करिब एक घण्टा पछि सेन्टरमा फर्किदाँ नजिकै बाटामा एकजना मान्छे सेन्टरकै अगाडि बाटाको माझमा पल्टेको थियो।पहिले त देखेर झसिङ्गीए लाग्यो कोई मरेकोरैछ।त्यँहा कोहिपनि थिएन,मानिसहरु यता उता हिँडि राखेका थिए तर त्यँहा कुनैपनि रोकिएन।
आखिर मानवता पनि त कुनै चीजहो।रमेश जाउ त त्यो ब्याक्तिको टाउकोमा थोरै पानी राख त जाग्छ कि!मैले त्यँहा काम गर्ने कम्पनिको एउटा केटका लाई भने।उ पहिले त आना कानि गर्यो ‘पछि जाउ न’भनेर फेरी भनेपछि उस्ले एउटा बोतलमा पानी लिएर जान्छ।किहि ब्याक्ति अरु जँहा त्यो मान्छेले काम गर्थ्यो त्यँही कम्पनिका बाबुहरु पनि जुटे उनिहरुले उस्लाई उठ भन्दा उनिहरु लाई गालि गर्दै अलिबेर पछि ठिङ्गै उभियो र आफै धङ-धङ्गाएर जोड सँग पच्छार्यो।
बिचरा उस्लाई मुखमा चोट पनि लागेको थियो।मुख बाट रगत पनि नस्कियो त्यो त्यँही फेरी बिहोश भएझैँ फेरी उस्तै सुन्ह भयर जमिनमै अलि बेर पल्टि राख्यो।नजिकै उभिएको कम्पनिको केटकाले उस्को मुखमा पानि राख्यो र टाउकामा पनि पानी हाल्यो त्यो ब्याक्तिलाई जगाउँन सकिन।कम्पनिका ठेकेदारहरु पनि त्यँहा बाट खिस्कि हाल्यो।एकछिन पछि त्यसै सँग काम गर्ने ब्याक्तिहरु आए उनिहरुले पनि आफ्नो गाउँका भयपनि आफुले नचिनेको
जस्तै गर्दै थिए।
मनोज लाई थाहानै थिएन उस्को आफ्नो अबस्था कस्तोछ।दुईजना ले त्यस्लाई उठाउँन थाले-मनोज,ए मनोज उठ भन्दै त्यो उठेर बस्यो अनि अरुले त्यसलाई उक्साए’अरे यस्लाई जती पिएपनि लाग्दैन,उठ आफै त्यरो मोबाईल कता गयो?भन्दै सोध्छन।साईद कसैले लग्दिए होला आखिर मौकाको फाईदा कुनैले अबस्य उठायो।म सँग पैसाको कमिछैन,सालेहरु!भन्दै त्यो जुरुक्कै उठ्छ अनि दुई पाईला हिँडेको जस्तै गर्छ र त्यो मुखको भर भुईमा पच्छारीन्छ।यो बेला उस्लाई दारीमा चोट्लागेको थियो।पल्टेको त्यो ब्याक्ति बिसुर भयो,त्यँहा भयका कम्पनिका बाबुहरुले उस्लाई गालि गर्दै गए कम्पनि तर्फ लागे।रमेशले फेरी उस्को मुखमा पानी हाल्छ टाउकोमा पनी हाल्छ अहिले पनि उ बिसुर मुडो जस्तै पल्टिएकोछ।उस्को मुखबाट आएको रगतले त्यँहाको त्यो माटो भिजाएको थियो।
एकछिन पछि कम्पनिमा काम गर्ने उसैका साथि आउँछन र त्यसलाई झेनकुटी पारेर लग्छन।त्यो जड्याँले त्यो कम्पनिमा चिनाईको काम गर्थ्यो।काम गर्नेहरुले भन्थे रक्सि खाएपनि काम गर्दा दिन खुब राम्रो काम गर्छ।तर दुई दिन कामगय्रो भने चारदिन उस्को यस्तै हाल हुँन्छ!भन्छन।
त्यो ब्याक्तिको अलि बेर तमासा हेर्यौँ हामि मध्यका पनि कयौँ जनाले तमासा हेरी रहेका थियौँ।सबैले उस्लाई उपहाशको कोसेली दिएका थिए।आखिर कस्ले राम्रो भन्ने?त्यसको गाउँलेले पनि हाम्रो गाउँको होईन यो भन्थे।मदिराको मातमा उस्ले कयौँ आफु जस्तैलाई अश्लिल गालि गलौच गर्दै थियो।तर कम्पनिका बाबुहरु र हामिहरुलाई भने केहि भनेको थिएन।त्यसका मत्लब जड्यालाई पनि सहि गलत बुझ्न सक्ने क्षामता हुँनेरैछ भन्नेकुराको पुष्टी हुँथ्यो।
त्यो कतै युपी तिरबाट मज्दुरी गर्न आएको ब्याक्तिहो।त्यो कसैको छोरा कसैको भाई अबस्य पनि होला अबिबहित केटाको परदेशमा धन कमाउँन आएको मज्दुरको यो अबस्था देखेर म जब कोठामा गए। मलाई त्यही ब्याक्ति झलझली आखाको ओरी परि देखियो।आखिर त्सलाई जन्माएका आमा बाले त्यो सँग के कस्तो आस गरेका होलान?उनिहरुले त्यसलाई जनमाएर हुर्काएर अहिले पछुताएका होलान।
कयौँ गरीबहरुको अबस्था यस्तो हुँदा त कहिले उभो लागिदैन।यस्ता कयौँ ब्याक्तिहरुले आफ्नै भबिस्य खराब गर्छन।तर यस्ताले आफ्नो मात्रैहोईन आफ्नो घर समाज र पुरै देशको भबिस्य खतरामा परेका हुँन्छन।आजको यो अबस्थाले आर्को सम्रण गरायो।म एक पटकको स्थानिए निर्वाचनमा स्वदेश गयको बेला हामिले गरिबको पक्षमा एउटा उमिदबार उठाउँने प्रयास गर्यौ,तर त्यो उमिदवारको दुई जना एजेन्ट समेत फेला पार्न नसकेर एउटा गाउँले लाई फकायौँ उस्ले पहिले एक बोतल भर्नुश भन्यो।हजूर मदिराको बिरोध गर्न पनि मदिरालाई उपयोग गरेर उमिदवारले उस्लाई एक बोतल टकारे,उस्ले खुरु खुरु सहिछाप लगायो।कता एक ठाउँमा सहि लगाउँन छुटेछ।त्यो ब्याक्तिलाई खोज्दा उ आर्को पार्टीको भतेरमा पुगेर रक्सि र मासु खाँदै थियो,दाई एकथाउँ सहि गर्न छुट भयछ। हिँड्नुस त भनेर आग्राह गरे।उस्ले जान मानेन।बल्ल बल्ल लगेर गएँ तर सहि गरेन।उस्को ब्यबहार देखेर उमिदवारले एक हाप ल्याईदिने कबुल गरेपछि फेरी सहि गय्रो।यस्तो अबस्थामा हुँने निर्वाचनले कस्तो प्रतिनिधीलाई जन्माउँछन।मलाई आज यो मनोज भन्ने ब्याक्तिको ब्यबहारले त्यो निर्वाचन ताकको झझल्को गरायो।खै यो मदिराको दोशनै हो ब्यक्ति लाई के भनौँ।