शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • यसरी भएको थियो भगवान श्रीरामको मृत्यु

यसरी भएको थियो भगवान श्रीरामको मृत्यु

  • मङ्लबार, फाल्गुन ४, २०७७
यसरी भएको थियो भगवान श्रीरामको मृत्यु

हिन्दुधर्म ग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रुपमा भएको थियो ।

भगवान राम १४ वर्षको उमेरमा वनवासमा गएका थिए । १४ वर्षपछि अयोध्या फर्किए । तर उनको मृत्यु कसरी भयो ? यो भने रहस्यमय छ ।

पद्म पुराणमा उल्लेख गरिएको एक कथाअनुसार, एक दिन एक वृद्ध सन्त भगवान रामको दरबारमा पुगे । उनले भगवान रामसँग एक्लै वार्ता गर्ने इच्छा व्यक्त गरे । त्यसपछि रामले ती सन्तलाई आफ्नो गोप्य कोठामा लगे र ढोकामा आफ्ना भाई लक्ष्मणलाई राखे ।

सन्तसँगको कुराकानी कसैले भंग गरे उसलाई मृत्युदण्ड दिइने रामले चेतावनी पनि दिए । लक्ष्मणले आफ्ना जेठा भाईको आज्ञा स्वीकार गर्दै उनीहरुलाई कोठामा एक्लै छाडेर आफू ढोकामा पहरा दिन बसे ।

ती बृद्ध सन्त अरु कोही नभएर विष्णु लोकबाट पठाइएका काल देव थिए । जसलाई यो बताउन पठाइएको थियो कि, भगवान रामको पृथ्वीमा आयू पूरा भइसकेको छ । र अब उनले आफ्नो लोकमा फर्किनु पर्नेछ ।

दुई जनाबीच कुराकानी चलिरहेको थियो, त्यतिबेलै ढोकामा ऋषि दुर्वासा पनि आए । उनले रामसँग कुरा गर्न चाहेको भन्दै लक्ष्मणबाट भित्र जाने अनुमति मागे । तर, लक्ष्मणले जेठा भाईको आज्ञा विपरित आफूले त्यस्तो गर्न नदिने बताए ।

ऋषि दुर्वासा सधैं आफ्नो अत्यन्त क्रोधका कारण चर्चित थिए । उनको क्रोधको सिकार हरकोहीले हुनुपर्थ्यो । यहाँसम्म कि स्वयम् रामको पनि । लक्ष्मणले रोक्न खोज्दा पनि ऋषि दुर्वासा आफ्नो हटबाट पछि हटेनन् । अन्त्यमा उनले लक्ष्मण र राम दुवैजनालाई श्राप दिने चेतावनी दिए ।

लक्ष्मण द्वीविधामा परे कि अखिरमा आफ्नो दाईको आज्ञा तोड्ने कि उनलाई श्रापबाट बचाउने ? लक्ष्मण चाहँदैन थिए कि उनका कारण उनका दाईलाई कुनै हानी पुगोस् । त्यसपछि उनले एक कठोर फैसला लिए, आफ्नो बलि दिने ।

लक्ष्मणले सोच कि ऋषि दुर्वासालाई भित्र जान नदिए रामले श्राप लिनु पर्थ्यो । तर यदि लक्ष्मणले आज्ञाविरुद्ध गए भने उनलाई मृत्युदण्ड मिल्थ्यो । अन्त्यमा उनले मृत्युदण्ड स्वीकार गर्ने निर्णय गरे र आफैं कोठाभित्र छिरे ।

त्यसपछि लक्ष्मणलाई मृत्युदण्ड दिन चर्खामा बाँधियो । लक्ष्मणलाई चर्खामा बाँधिएको देखेर राम पनि धर्म संकटमा परे । उनी एकतर्फबाट आफ्नै फैसलाबाट मजबुर थिए भने दोस्रोतर्फबाट भाईको प्रेममा तड्पिँदै थिए ।

त्यसबेला आफ्नो भाई लक्ष्मणलाई मृत्यु दण्ड पाउनुभन्दा पनि देशभन्दा बाहिर जान भने । त्यसबेला देशनिकालाको सजाय पनि मृत्युदण्ड बराबर नै थियो । तर, लक्ष्मण आफ्नो जेठा भाई रामबिना एक क्षण पनि रहन सक्दैन थिए । आखिरमा उनले मृत्युदण्ड नै स्वीकार गर्ने निर्णय गरे ।

उनी सरयू नदीको छेउमा गए र संसारबाट मुक्ति पाउने इच्छा जाहेर गर्दै त्यसमा हाम फाले । यसप्रकारले लक्ष्मणको जीवनको अन्त भयो । उनी पृथ्वी लोकबाट दोस्रो लोकमा गए । लक्ष्मण सरयू नदीभित्र गएपछि उनी अनन्त शेषको अवतारमा र विष्णु लोक गए ।

आफ्नो भाइले संसार छाडेपछि राम धेरै उदास थिए । जसप्रकारले रामबिना लक्ष्मण रहन सक्दैन थिए, त्यसै प्रकारले राम पनि लक्ष्मणबिना रहन नसक्ने भए ।

लक्ष्मणबिना जिउन रामलाई उचित लागेन । उनले पनि पृथ्वी लोक त्याग्ने विचार बनाए ।अन्तमा उनले आफनो राजपाठ र पद आफ्ना र आफ्ना भाईका पुत्रहरुलाई सुम्पी दिए । त्यसपछि उनीपनि सरयू नदीतर्फ गए । भगवान राम सरयू नदीको भित्री भागमा पुगे र अचानक गायव भए । त्यसको केही बेरमा सरयू नदीमा भागवान विष्णुको स्वरुप देखियो ।-एजेन्सीको सहयोगमा ।

चर्चामा

सम्बन्धित समाचार