शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • महाराष्ट्रमा ट्रक दुर्घटनाः १६ जनाको मृत्यु

महाराष्ट्रमा ट्रक दुर्घटनाः १६ जनाको मृत्यु

  • सोमवार, फाल्गुन ३, २०७७
महाराष्ट्रमा ट्रक दुर्घटनाः १६ जनाको मृत्यु

भारतको महाराष्ट्रमा आइतबार राति भएको ट्रक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । किंगांवमा भएको दुर्घटनामा ट्रकमा २१ जना सवार थिए । यसमध्ये ५ जना घाइते रहेका छन् । दुर्घटनामा मारिनेमा महिला र बालबालिका पनि रहेका छन् ।

प्रहरीका अनुसार किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो । त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए ।

दुर्घटनाको सूचनापछि प्रहरी घटनास्थलमा पुग्दा धेरैको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । मारिएका १६ मध्ये १५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मात्र आन्ध्र प्रदेशको कुर्नूलमा बस र ट्रक एक आपसमा जुध्धदा १४ जनाको मृत्यु भएको थियो ।

दैनिक भास्कर

चर्चामा

सम्बन्धित समाचार