
पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका सचिवालय सदस्य झलनाथ खनाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
शुक्रबार विहान साढे ११ बजे नेता खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेका हुन् । उनी स्वास्थ्य उपचारका लागि दिल्ली गएका हुन् ।
नेता खनालले स्वास्थ्योपचारका लागि दिल्ली गएको शिलापत्रलाई जानकारी दिए । उपचारका लागि करिब ५ दिन दिल्ली बसाइ हुने खनालको भनाइ छ ।
दिल्ली बसाइका क्रममा राजनीतिक भेटघाट नहुने उनले दाबी गरे । खनालले भने ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने संभावना छैन ।’
