• होमपेज
  • देश/प्रदेश
  • मेयर मेहताको आकाशे विकास , २१ करोड़ बेरुजू कायमै यस वर्षको बजेट कोरोनामा

मेयर मेहताको आकाशे विकास , २१ करोड़ बेरुजू कायमै यस वर्षको बजेट कोरोनामा

  • शुक्रबार, माघ ३०, २०७७
मेयर मेहताको आकाशे विकास , २१ करोड़ बेरुजू कायमै यस वर्षको बजेट कोरोनामा

राकेश यादव — रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले निर्वाचित भएको तीन वर्ष वितिसक्दा पनि जनताको चाहना अनुसार विकास गर्न सक्षम भएका छैन ! जिल्लाको सदरमुकाम देखि करीव १० किलोमीटरमा अवस्थित रहेका सो नगरपालिकामा जनताको चाहना अनुरूप भौतिक पूर्वाधारको विकासको गति लीन सकेको छैन !
नेपाल संघीयतामा गएपछि भएको राज्य पुनर संरचना अनुसार गाउ गाउमा सिंह दरवारको अवधारणा आएपनि निर्वाचित व्यक्ति ले सवै भन्दा बढ़ी व्यक्तिगत रुपमा विकास गर्न सफल भएका छन ! नेपाल सरकारका संवैधानिक आयोगले इमान्दारिता पूर्वक कार्य गर्न नसकेको कारण स्थानीय तहमा व्यापक रुपमा अनियमिता बढेको गुनासो स्थानियहरुको रहेको छ !
तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका मेयर संतोष मेहताको कार्यप्रति नगरवासी असंतुष्ट रहेका छन ! स्थानियहरुले नगर प्रमुखमा मेहतालाइ जीतएर ठूलो गलती गरेको पछुतो गरी रहेका हुन !
भौतिक पूर्वाधार , शिक्षा ,स्वास्थ्य , धार्मिक स्थल , पर्यटकीय स्थल , परम्परागत चली आएको सांस्कृतिक विकास ,लोप हुदै गएको सांस्कृतिकको संरक्षण संवर्धन ,प्रवर्धन गर्ने उदेश्यले नेपालको संविधान अनुसार गठन गरिएको स्थानीय सरकारले जनताको भावना जित्न सकेको होइन !
हवादारी रुपमा गफ गर्दै आएका मेयर मेहताको विकास स्थलगत रुपमा शून्य देखिएको छ ! अन्य स्थानीय तहले सड़क ,नाला ,शिक्षा ,स्वास्थ्यमा उल्लेखनीय सुधार गरेपनि ईशनाथ नगरपालिकाले तीन वर्षमा एक मीटर पनि कालोपत्रे सड़क निर्माण गरेका छैन ! नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले नगर पालिकाको तर्फबाट कालोपत्रे सड़क एक मीटर पनि निर्माण नभएको बताउनु भएको छ !
मेयर मेहताले शिक्षा ,स्वास्थ्यको विकास राम्रो गरेको दावी गरेपनि वास्तविकता रुपमा नरहेको पाइएको छ ! ९ वड़ा रहेको सो नगरपालिकामा नगरस्तरीय योजनाबाट उदाहरणीय ठोस विकास नभएको ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैयाका स्थानीय किशोरी यादवले बताएका छन ! रौतहटमा रहेको १८ स्थानीय तह मध्ये सवै भन्दा बढ़ी बेरुजू २१ करोड़को रेकार्ड ईशनाथ नगरपालिकाको कायमै रहेको छ !
सामाजिक सुरक्षाको रकम १२ करोड़ बेरुजू रहेको र अहिले सम्म सम्परीक्षण हुन नसकेको लेखापाल मनोज ठाकुरले बताएका छन ! करीव ३७ हजार जनसँख्या भएको सो नगरपालिकामा स्वास्थ्यको लागि १० लाख रुपैया मात्र छुट्याइएको लेखापाल ठाकुरले बताए ! ६ वटा स्वास्थ्य चौकी रहेका छन ३९ किसिमको चाहिने औषधिमा नगरपालिकाले ३० प्रकारका औषधि मात्र आपूर्ति गरेको स्थानीय वड़ा नम्बर २ मा रहेका स्वास्थ्य चौकीका इंचार्ज मोहन साहले बताए ! दैनिक ३० देखि ४० जना उपचार गराउन आउने गरेको बताउँदै जटिल समस्या भएका विरामीलाइ गौर अस्पतालमा रेफर गर्ने गरेको जनाए !
चालू आर्थिक बर्षमा कृषि ,स्वास्थ्य , शिक्षामा न्यून बजेट विनियोजन गरेका नगरपालिकाका मेयरले ५ करोड़ रुपैया नगर स्तरीयमा राखेको बुझिएको छ ! १२ करोड़ ७१ लाख समानीकरण बजेट मध्ये कोरोना खर्चको भुक्तानी गर्न ५ करोड़ विनियोजन गरिएको छ ! ९ वटा वड़ा अध्यक्षलाइ वड़ा स्तरीय विकास निर्माणको कार्य गर्न सञ्चालन खर्च सहित ५० लाखको दरले छुट्याइएको आर्थिक प्रशासन शाखाले जनाएको छ !
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने बहानामा विकास बजेटको व्यापक दुरूपयोग भएको सो नगरपालिकामा धूलोको अवस्था जस्ताको जस्तै रहेको छ ! निर्वाचन भएको तीन बर्षमा तीन किलो मीटर सम्म कालोपत्रे सड़क निर्माण , स्वास्थ्यको अवस्थाको सुधार गर्न नसकेका मेयर मेहताले आफ्नो व्यक्ति विकास भने राम्रो गर्न सफल भएका छन ! किसानको लागि विधुतीकरण नभएको भएपनि आधारभूत अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना आफ्नै गाउ डुमरियामा गर्न लागेको स्थानियहरुको आरोप रहेका छन !
मेयर मेहताले तीन बर्षमा अढ़ाई तल्ले निजी भवन निर्माण गर्न सफल भएकोले मेहता माथि छानविन गरी क़ानूनी कार्यवाही गर्ने स्थानियहरुले सम्वन्धित निकाय सित जोड़दार रुपमा मांग समेत गरेका छन ! मेयर मेहता संग संपर्क गर्न खोज्दा संपर्क हुन नसकेकोले प्रतिक्रिया अहिले समाबेश गर्न सकिएको छैन !

चर्चामा

सम्बन्धित समाचार