
अहिले भागिरथी भट्टको बलत्कार पछि हत्या भयको समाचारले अत्यान्तै पिडाबोथ गराएकोछ।त्यो अत्यान्तै दुखद र जघन्या अप्राधिक घटना घटाउँने अप्राधीहरुलाई छिट्टै भन्दा छिट्टै कानूनी कार्वाही गर्नुपर्छ भन्दै न्यायको माग गर्दै आवाज उठाउँने हरुलाई प्रसाशनले गिरफ्तार गर्नु त्यो भन्दा पनि लज्जास्पद बिषय बनेकोछ।
देशमा लगातार बलत्कार अनि त्यसपछि हत्याको मामिलाहरुमा दिनौ बृधी हुँदै आएकोछ।निर्मला पन्तलाई अहिले दुई बर्ष पुग्दा पनि न्याय मिलेको छैन।जनतामा आक्रोशछ।अहिले एउटी १७बर्षिय किसोरी माथिको जगन्य अप्राधले प्रतेक नेपालीहरु सरमसार भयकाछन।स्कुल र कैम्पसमा अध्यायन गर्ने किसोरीहरुमा एक प्रकारले खौफ श्रृजित भयकोछ।निर्मला पन्तको जस्त़ै अहिले भागिरथीलाई उस्तै नियति भोग्न नपरौश भनेर पनि अहिले आम नेपालीको चासो बढेकोछ।सरकारले यस्तो अबस्थामा आन्दोलन कारीहरुलाई गिर्फतार गर्ने भन्दा उनिहरुको जायज मागलाई सम्बोधन हुने गरि स्विकार गर्नु पर्ने हुन्छ।यति बेला बिध्यार्थिहरुमा आक्रोश बड्दै गयको बेलामा सरकारले सैयम अप्नाउँनु पर्ने हो।तरपनि सरकर आफै बौख्लाएको देखिन्छ।सरकारको यस्तो रबैयाले उक्त अप्राधीहरुको हिम्मत झन बढेर गयकोछ।
हाम्रो समाजमा महिँलाहरुलाई सदियौँ देखि पुरानो रुढिवादी सँस्कार र घरको चौघेरामा कैद गर्नाले पनि महिला माथि कथित पुरुषहरुको हिन्शा बढ्दै गयकोछ।सामाजिक बन्धनमा जकडिएका महिलाहरु आफ्नो हिफाजत गर्न नसकेर भनौ अन्यायको प्रतिकार गर्न नसकेरपनि हिन्शा बढेकै हुन्छ।आजको पुरुष प्रधान समाजमा भलै हामिले छोरा-छोरी लाई बराबरी सम्झिनछौ तर पनि सामाजिक परिबेशले उनिहरुलाई छुट्टाई दिएकोछ।आत्मनिरभरको लागि छोरीहरुलाई प्रोत्वशान दिनुको साटो यदि कतै उनिहरु समाजमा अन्यायको बिरोध आवाज उठाउँन थालेका छन भने हाम्रो समाजले उपहाश गर्ने र फोथि बास्यो भन्ने र उस्को मनोबल लाई निस्तेज गर्ने खालका बिचारहरु गर्न थाल्छन।
गरिब समाज आफ्नै देशभित्र नोकरी पेसा नहुँदा पनि महिलाहरु घर भित्रनै कैदी भयका हुन्छन।स-साना काम पाए देखी उनिहरुको मानसिक रुपमा केहि बिकाश हुँन सक्थ्यो। संसारमा बैज्ञानिक टेक्नोलोजिको बिकाश भयकोछ त्यसको असर हाम्रो देशमा पनि परेकोछ।त्यो के भने खर्चमा मात्रै बृद्धी भयकोछ।कमाई छैन खर्च बढ्यो त्यसले देशभित्र मात्रै घर गृस्थि गरेर अपुग हुन्छ।परिणाम हामी नेपालीहरुका प्रतेक घरबाट केटाहरु बिदेश जाने चलन हुँदै आयो।
देशमा किसोरी महिला हरु र बच्चा बृद्धाहरु हुन्छन।गाउँमा युवाहरु नबसेपछि केही मानव रुपि राक्षेशहरुको एकलौटे अत्याचार गर्ने हिम्मत बढेको हुन्छ।राजनीतिक ओटमा रुपैयाको ओटमा उनिहरु बे-लगाम भयका हुन्छन।त्यसैको परिणाम पनि यस्तो अप्राध बढेर गयकोछ।महिलाहरु लाई हाम्रो समाजको ब्यबहारले सानै देखि कम्जोर बनाउँदै आएकोछ।महिला लाई नाजुक एउटा पुरुषको दिल बहेलाउँने साधनको रुपमा बिकसित गरायौँ।धर्मको नाममा उनिहरुलाई कुन्ठित बनाएर सामाजिक बन्धनमा यसरी बाँधेर राखियो अन्याय अत्याचारको बारेमा बोल्नै नसक्ने भएकाछन।महिलाहरुले झेल्दै आएका सामाजिक दमन जो कुनैन कुनै धर्मको रुपमा समाज भित्र पलेकोछ।
देउकि प्रथा हाम्रै समाजमा थियो, सतिपर्था पनि हाम्रै समाजमा थियो।बोक्सि पर्था र छाउ गोठ पर्था अँझैपनि हाम्रो समाजभित्र जरा गाडेर बसेकोछ।देउकि प्रथामा महिलाईहरु देउमाई जातिका पहिलो छोरी जन्मियो भने उस्लाई देवताको नाममा चडाने प्रचलन थियो।सति प्रथामा एउटा महिलालाई पुरुषको चितामा हामफाल्ने जिउँदै जलाउँने गरिन्थ्यो।अहिले बोक्सिनीको आरोपमा महिला माथि कुटपिट र मुत्र मल सम्म ख्वाउँने गरिन्छ।जो भँदै नभयको आरोप लगाएर यध्यापि बोक्सि मन्त्र बारे कसैलाई थाहानै छैन,त्यो कुन चराको नामहो।मासिक धर्म छोरी लाई,आमालाई,बुहारीलाई र दिदि बैनी सबै महिलाहरु लाई हुँन्छ।तर एउटी महिलाले आर्काको समस्या बुझ्नुको सट्टा आफुले जस्तो भोगे उस्तै छोरी बुहारीलाई गराउँछन।महिलाहरुले नै महिलाहरुलाई यो सामाजिक बन्धनमा बाँधेका हुन्छन।आफुले उठाउँदै आएको त्यो पिडा आफ्ना छोरी बुहारीहरुलाई उठाउँन लगाउँछन।
एकतिर महिला लाई सम्पतिमा अधिकार छैन,आर्को तिर उनैलाई छोरी हुँदा माईत धान्नु पर्छ बुहारी भयपछि घर धान्नु पर्छ।
जैले पनि पुरुषको अधिनमा उसैको आश्रृतमा बाँच्न बिबश गराईन्छ।त्यसकारणले पनि उनिहरु आत्मनिर्भर बन्न नसकेका हुन।दुनियामा जति बैज्ञानिक टेक्नोलोजिको बिकाश भयपनि महिलाहरु लाई हेर्ने सामाजिक नजरियामा परिवर्तन भयकोछैन।यो सत्य हो तर सरकारमा बसेका हरु बाट कम्तिमा अप्राधिलाई जोगाउँने ब्यबहार नभैदिए हुँनेथ्यो।महाला बिरुद्धमा हुँने जुन साररिक मानसिक ब्यबहार र बिचारहो यस्लाई जरै बाट फ्याँक्न सक्नु पर्छ।हाम्रो देशमा महिला राष्टपति हुँनुहुन्छ,नामको मात्रै भयपनि कम्युनिष्ट सरकार पनिछ तरपनि महिलाहरु अशुरक्षितछन।दुःख लाग्दो बिषयहो,समानता र समाबेसिका आबरणभित्र असमानताको चलखेल बडेर गयको हेक्का छकि छैन यँहाहरुलाई?आज जनताहरुको यो पनि एउटा सवाल बे- उत्तर भयकोछ।
