हाम्रा चेली बेटीहरु माथि अत्याचार भयो,
सरकारको ढाक छोप गर्ने ब्यबहार भयो।
निर्मला र अहिले भागिरथीको हत्या हुँदा,
हाम्रो समाज समेत आज सरमसार भयो।
कानूनको कट्घेरा सम्म अप्राधी नपुगेसी,
जनता प्रसाशनका बिचमा तकरार भयो।
बिडम्बना यि ठुला हिँसक घटना हुँदा नी,
मस्त रम्मिते यो अहिलेको सरकार भयो।
दुईबर्ष बित्दा पनि खै निर्मलाको हत्यारा,
फेरी भागिरथी को हत्याले दिक्दार भयो।
अप्राधी नाई अप्राध नगर भन्नेलाई छोप्दा,
लाग्छ सरकारको अप्राधि सँग प्यार भयो।
आफु लाई कम्युनिष्ट भन्दा लाज लाग्दैन,
भन सरकार यस्तो किन बारम बार भयो।