• होमपेज
  • समाचार
  • सम्झना कुमारी गिरीकाे प्रधानमन्त्रीलाई खुला पत्र

सम्झना कुमारी गिरीकाे प्रधानमन्त्रीलाई खुला पत्र

  • सोमवार, माघ २६, २०७७
सम्झना कुमारी गिरीकाे प्रधानमन्त्रीलाई  खुला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार।आराम छु आरामताको कामना गर्दछु। खासै मलाइ राजनीतिको ´र´ पनि आउदैन र राजनीतिक हिसाबले कुनै पनि राजनैतिक पार्टीमा आस्था राख्दिन तथापि एउटा पढलेख,सिक्षित नारी भयको नाताले र देशमा दिन प्रतिदिन नारिमाथी भइरहेको बलात्कार,हत्या हिंसा देखेर सहनै नसकेर थोरै कलम चलाउले साहस गरेकी छु।
सम्माननिय प्र.म. ज्यु तपाइलाइ थोरै स्मरण गराउन चाहान्छु कि जुनदिन कंचनपुर जिल्लामा निर्मला पन्त को बलात्कारपछि हत्या भयको थियो र दोषीलाई अहिले सम्म सरकारले सार्बजनिक गर्न नसक्नु नै नारीमाथिको सरकारले हेर्ने दृष्टि नपुगेको जस्तै भान भयको छ।तपाईंको कार्यकाल मा मात्रै सुदुरपस्चिममा तीन जना कलिलै नारीहरुको बलात्कारपछि हत्या हुन पुगेको छ।र अरु पनि थुप्रै नारिहरु यौनजन्य हिंसामा परेकी छन्।यौन पिचासु राक्षसहरुको कारणले कंचनपुर जिल्ला कि निर्मला पन्त(१५ बर्स)बझाङ जिल्लाकी सम्झना कामी (९बर्ष)र बैतडी जिल्लाकी भागरती भट्ट (१५ बर्ष )अकालमै ज्यान गुमाउनु पर्यो।आखिर किन महिलाहरुलाइ यो देशमा सरकार नभय जस्तो अनुभुती हुदैछ?आखिर कहिले सम्म हामी जस्ता गरिब,निमुखा का सन्तानहरुले बलात्कार को शिकार बनिराख्नु पर्ने?के सरकार हाम्रो पनि हैन र?सायद निर्मला,सम्झना,भागरती जस्तै उच्च-पदस्थ नेताहरुको सन्तानहरुलाइ पनि यस्तो घटना घटेको भय अहिले सम्म देशमा निकै कडा कानुन बनायर तुरुन्तै दोशिपत्ता लगायर कारबाही हुन्थ्यो होला।सायद नेताहरुलाइ गरिब जनता चाहिने भनेकै कर तिर्नलाइ र भोट माग्नलाइ मात्रै हुन भन्ने बुझाइ भयर होला आजकल दिन प्रतिदिन शक्तिको आडमा बसेकाहरुले मनपरीतन्त्र चलाइरहेका छन्।यी घटनाक्रममा तपाइलाइ मात्र दोषी भन्न कदापी खोजेकी हैन तरपनि रास्ट्रपति,प्रधानमन्त्री भनेका देशको मुख्य अभिभावक हुन भन्ने कुरा पढेकाे हुदा तपाई समक्ष नै यी कुराहरुको उठान गर्न उचित ठानेकि छु।प्रत्यक्षरुपमा तपाइलाइ नदेखेकी भयता पनि प्राय जसो दैनिक टिभी मा तपाईंका अन्तरबार्ता सुन्ने गरेकी छु।हामी यो गर्छौं हामी त्यो गर्छौं भन्ने तपाईंको त्यो बोलिसुन्दा भित्रीमन बाटै आशा पलाउछ तर निर्मलाको हत्यारा सरकारले अहिले सम्म पत्ता नलगायको देख्दा मनका आशा मनमै हराउछन।अहिले त आफ्नै घर बाट अलि पर पसलसम्म जादा पनि आमा बुवासंगै जानू पर्ने अवस्था छ र यो अबस्थाको अन्त्य कहिले होला?
अन्तिममा, प्र.म.ज्यु हामी काठमाडौंबाट निकै सुदुर भयता पनि हामिले पनि काठमाडौंकै जनता बराबर स्वास्थ,शिक्षा,सुरक्षा लगायत अरु थुप्रै कुरामा आसा अपेक्षा राखेका छौं।हाम्रा आसालाई निरासामा परिणत नगरिदिनु होला र निर्मला,भागरथि लगायत बलात्कार पछि हत्या भयकी अन्य थुप्रै चेलिहरुको हत्यारा लाई सरकारले चाडै सार्बजनिक गरेर उनिहरुको आत्माले स्वर्गमा वास पाओस भन्ने कामना सहित भगवान संग प्रार्थना गर्दछु।

चर्चामा

सम्बन्धित समाचार