सेतेलाई थाहा थिएन बुष्णुले जुन ठाउँमा लिएर गयको थियो त्यो एउटा ब्यस्यालय (कोठा)रैछ।जँहा प्रसस्तै गाउँले केटाहरुले पनि काम गर्दा रैछन।कोई भान्से थिए कसैले सफाई गर्थे।कोठाको भित्र एउटा ठुलो रुम थियो त्यँहा साँझ परेपछि हार्मुनियम तबला बजाउँने मास्टरजी हरु आए।अनि एक छिन पछि त्यँहा नाच गान सुरु भयो।त्यो एक प्रकारले महेफिल जस्तो गीत सँगै नाच्ने गर्न थाले।यँहा महिलाहरु पनि गाउँने नाच्ने गर्थे।बाँकी धेरै महिलाहरु दरवाजाको नजिकै बेञ्चहरुमा बसेर आ-आफ्ना ग्रहाकको बाटो हेर्छन।यस्तो नियमित हुन्छ तर सेते ले भने कत्ति बुझ्न सकेको थिएन आखिर यँहा के हुन्छ।
बिष्णु यँहा यिनिहरुले के गर्छन?सेतेले जान्न खोज्छ।देख्दैनश नाच गान गर्छन! बिष्णुले भन्छ।किन दिन दिनै नाच गान गर्छन यिनिहरु?सेतेले फेरी प्रश्न गर्छ।यिनिहरुको पेसाहो यो नाजगान नगरेपछि के खाने!बिष्णुले ठाड ठाडै उत्तर दिन्छ।उस्ले त्यँहा एउटी महिँलाको खाना पकाउँथ्यो।सेते भर्खर गाउँ बाट आएको कसै सँग अजमेरी गेट सम्म आएको थियो त्यँही बिष्णुलाई भेटायो।अनि बिष्णुले आफुले काम गर्ने ठाउँमा ल्याएको थियो।
दुबै कलिलै उमेरका थिए त्यो बेला सेते भर्खर १२बर्ष जतिको अन्दाजि हुँदो होला बिष्णु पनि त्यहि १३बर्ष जतिकै थियो होला।बाँकी अरु गाउँले ठुला ठुला तन्नेरी पनि थिए।दुई तिन दिन यो कोठाको नजारा हेर्दा सेतेलाई पनि थो-थोरै शंमझ आउँन थाल्यो।जस्तै साँझ छे सात बज्न थाल्छ त्यो गाना रुम साफ सफाई गरेर दरी अनि राम्रो च्यादर बिच्छाई दिन्छन मोहनले अनि एकछिन पछि त्यँहा माष्टरहरु आउँछन र गाना सुरु हुन्छ।मोहन शूर्या दिदिका नोकर थिए उनि पनि गाउँले हुँन।
जब गाना चल्न थाल्छ शूर्या दिदीले आफ्नो बटुवा बाट पैसा निकालेर मोहनलाई दिन्छिन अनि उस्ले चिया लिएर आउँछ।शूर्या दिदीले गाना गाउँछिन उन्को स्वर आवाज आहा कति राम्रो थियो।जब उन्ले गीत गाउँन थाल्छिन त्यँहा धेरै तमाब्जिमहरुले रुपिया हावामा उछाल्छन।अनि उन्को टाउकामा रुपिया घुमाउँदै माष्टरलाई दिन्छन।उनि धेरै शुन्दर पनि थिन।उन्ले सेते सँग नेपाली कुरा गर्थिन।कान्छा तिम्ले लेख्न पड्न छाडेर किन आएको?भन्दै टाउकामा हात फेरीन।सेते उन्को कुरा सुनेर अचम्म पर्यो “दिदीले नेपाली बुझ्ने रैछिन”उस्ले मनैमन सोँच्यो,हजूर काम गर्न आएको नी दिदि सेतेले उत्तर दियो।उन्लाई सबैले दिदि भन्ने गर्थे सो सेतेले पनि उन्लाई दिदि भनेर सम्बोधन गर्यो।सेते ले दिदि भनेपछि उनि अलि भाबुक भैन।साईद उन्लाई आफ्नो भाई याद आयोहोला उन्को गला अलि गरुङ्गो भयो।
दिदीले एक रुपियाको नोट निकालेर सेते लाई दिँदै जाउ तल पानको दोकान बाट एउटा मिठा पान ल्याए भनिन्।सेतेले पान ल्याई दियो।त्यो उन्ले खाईनन् सेतेलाई भनिन त्यो त मैले तिमिलाई मगाई दिएकोहो खाउँ भनिन१५पैसाको पान बाँकि पैसा ल्याएर दिदीलाई फर्कायो तर उन्ले तिम्ले राख भनिन!उ खुसि भयो।
अलि बेर पछि उनि आफ्नो कोठामा गईन त्यही बेला चार पाँच जना लामा लामा कपाल पालेका मान्छे हातमा चाकु लिएर आए।यो सिन जबर्जस्त थियो उनिहरु आएपछि सबै चुप चाप भए सतर्क भए।माष्टर जी गाना गाउँ भन्दै तिनिहरु गीत गाउँने ठाउँमा नाच्न थाले।त्यँहा केहि बेर हंगामा भयो अनि शूर्या भन्ने जस्लाई दिदी भन्छन उनि भाईर निस्किन उन्लाई देखेर तिनिहरु सबैले नमस्ते दीदी भन्छन र सुटुक्कै निश्किन्छन।यो एउटी महिला देखि तिनिहरु पनि डराएको जस्तै लाग्थ्यो।त्यँहा नेपाली महिँलाहरु पनि थिए।हकिगत केहो त्यो बुझ्न अलि कठिन थ्यो सेतेलाई।
देख्दा अत्यान्तै अनुशासित अड्कलेर बोल्ने मिठो आवाज राम्रो स्वभाब भयकि उक्त दिदि भन्ने महिला लाई हेर्दा ठुलो घरकी पढे लेखेकी जस्तो लाग्थ्यो।वास्तबमा उन्को कथा भयानक थियो।केहि दिन पछि उन्ले आफ्नो बारेमा भनिन उन्को बिहे सात बर्षको कलिलो उमेरमा भएको थियो सानै देखि मज्दुरी गरेर पलेकी शूर्या लाई मज्दुरी गरेर सुखःसँग बस्न समाजले दिएनन।उनि गरिब एउटा दलित परिवारकी थिईन।अनि उन्लाई जस्ले बिहे गरेको थियो उस्लेनै आर्कोलाई सौँप्यो।उनि कयौँ ठाउमा बिकिन र अन्तिममा उन्ले यहि गोठा शंग र यो पेसा सँग सम्झौता गरिन अहिले उनि यो कोठाको माल्किन थिईन।
उनि निडर स्वभाबकि थिईन।उन्ले सेते लाई सम्झाउँदै मुन्ना तीमि यँहा होईन तिमि यो ठाउँ बाट अलि टाडा गएर राम्रो काम सिक्न सक्छौ।अनि राम्रो भबिश्य निर्माण गर्न सक्छौ भबिष्य बनाउन र बिगार्न आफ्नो हाथमा हुन्छ।भन्दै सेतेलाई सम्झाईन।आफुले चिनेको एउटा चियाको पसलमा सेतेलाई काममा लगाउँन बिष्नुलाई अनुरोध गरिन।दोकान दार समेतले उन्को बोलि टार्दैनथ्यो।उनि बद्नाम ठाउँकी एकजना सम्मानिय महिँला थिईन।उनको बिचारमा सरलता भएपनि पुँजिवादी समाज प्रतिको घृणा कुँदि कुदि उनि भित्र भरिएको थियो।
त्यो कोठा बाट जब सेतेलाई होटेलमा नोकरीका लागि पठाईन गोपाल (उन्को नोक्कर) लाई सँगै पठाएकि थिईन।त्यो एउटा चियाको कैन्टीन(टी स्टाल)थीयो।सेते बाल मज्दुरको रुपमा त्यँहा चालिस रुपियाँ मासिकमा काम मा लाग्यो।कहिले कसो गोपाल सँग सेतेलाई बोलाई पठाउँथिन किनहो कुन्नी सेतेलाई देखेपछि उन्लाई आफ्नै भाई जस्तो लाग्थ्यो होला।आज पनि सेतेलाई गोपाल लिन आएको थियो।साहु जी एक पटक सेते भाईलाई शूर्या दिदिले बोलाउँनु भयकोछ!गोपालले मालिकलाई भन्छ।मालिकले आर्को सवाल गर्दैन लैजा मात्रै भन्छ।अनि दुबै शूर्याको कोठा तर्फ लाग्छन।सेतेलाई त दीदीले धेरै मनपराईन गोद लिन्छिन क्याहो?उस्ले सेतेलाई गिँजाउँछ।होला हाम्रा आफ्नै आमा पनि हुँनुहुन्छ नी दाई भन्दै सेते पनि गोपाल तिर हेरेर खिसिक्कै हाँश्छ।उनिहरु एकछिन पछि कोठामा पुगि सकेका थिए।बिष्णुले पनि त्यँही खाना पकाउँदै थियो।यति बेला कोठामा खासै भाईरका मान्छेहरु थिएनन।त्यही घरमा बस्ने केही महिलाहरु त्यो साँझमा गाना गाउँने ठाउँमा बसेर सिङ्गारीदै थिए।सेतलाई लिएर त्यँही एउटा बेञ्चमा बसाल्दै-तिमि बस म दिदिलाई बोलाउँछु भाई भन्दै!गोपाल शूरैया बसेको कमरा तिर जान्छ।एकछिन पछि दिदि आउँछिन उनको हातमा एउटा राम्रो स्विटर थियो।सेतेले नमस्ते दिदि भन्दै दुईटा हात जोड्छ।उन्ले आफुतिर तान्दै मसार्छिन र आफ्नो हातमा भएको स्विटर लगाउँन भन्छिन।त्यो स्विटर ठिक्क थियो नापेरै बनाएको जस्तै।स्विटर केही रंगका धागाहरुको पेटारे बनेकोथियो सेतेलाई त्यो खुब मन पय्रो।आज सेतेलाई पनि पहिलो पल्ट कसैले मायाँ गरेर यस्तो अमूल्य गिफ्ट दिएको थियो।आखिर शूरैयाले किन यति राम्रो गर्थिन त्यो अहिलेपनि बुझ्न सकेको थिएन।
सेतेले स्विटर लगाएर सिशाको नजिक अलिबेर आफैलाई नियालछ,अनि बिष्णु बसेको ठाउँमा जान्छ र स्विटर देखाउँछ।यो बाल मज्दुरले यति राम्रो स्विटरलगाएको पनि पहिलो पल्टनै थियो होला।उ गदगद भयकोथियो शूरैयाले उसलाई भित्र आफु बसेको ठाउँमा बोलाउँछिन।त्यहा जता कतै देबी देवताको तस्विर थिए त्यही बिचमा एउटा अल्मारी थियो त्यसमा केही तस्विर हरु थिए ति मध्य एउटा तस्विर निकालेर देखाउँछिन शुन्दर बाबुको जो उनैले आफै जन्माएको आफ्नै औलाद थियो।जसको बाउ कुनहो त्यो उनैलाई पनि थाहा थिएन तर आमा भने उनै थिईन।हेर यो बच्चा अहिले तिमि जत्रै भयको होला तर मैले यस्लाई खेलाउँनै पाईन!भन्छिन।उनि भाबुक हुँदै उनका दुबै आखा बाट ठुलो-ठुला आँसुका थोपाहरु खस्छन।सेते मुर्ती जस्तै उनि रोएको नियालि रहेकोछ।के भनेर दिदि लाई नरुनुश भन्ने मेसै पाएन।एकछिन पछि उन्ले आफ्नो आँखाको आँशुलाई आफै पुछेर।ओहो.मपनि कस्तो मान्छे भन्दै नजिकै टोकरी बाट एउटा स्याउ निकालेर सेतेको हातमा थमाई दिन्छिन।त्यो स्याउ छोपेपनि खानस लाग्दैन।सेतेपनि मलिनो देखिन्थ्यो।
गोपाल !भन्दै उन्ले गोपाल लाई बोलाउँछिन।जी!दीदी गोपाल भित्र पस्दै सोध्छन।यो बाबुलाई लिएर जा काम गर्ने ठाउँमा छोडेर आएस भन्दै गोपाललाई अह्राउँछिन।सेते लाई गोपाल चियाको दोकानमा छाडेर फर्किन्छ।सेतेलाई होटेलमा पनि मालिकले राम्रै गर्थ्यो।आखिरमा पछि पछि सेते शुरैया दिदि कहाँ आफै पनि कहिले कसो आउँने जाने गर्न थाल्यो।
एकदिन फेरी होटेल बन्द भयपछि साँझ पख कोठामा पुग्यो त्यो दिन त्यँही गाना चलेको थियो शूर्याले गीत गाई रहेकी थिईन।त्यो आवाज की धनी रुपकि मलिका शूरैयाको गीतमा सबै हराएका थिए।सेते पनि त्यँही उभिएर शूरैयाको गीत सुनेको थियो।शूरैयाले सेतेलाई देख्ना साथै एकैछिनमा त्यँहा कोराम मचिन्छ।एउटा कुनै बद्माशले त्यँहा तेजाब फ्याँकेर जान्छ।त्यो तेजाबले शूरैयाको मुहारलाई भिजाई दिन्छ।मुन्ना निक्लेल त्यँहाबाट भन्दै सेतेलाई एकतिर ढेकल्छिन।उनि पुरै जलैकि थिईन।
तुरुन्तै पुलिस आउँछ बद्मासहरु फरार भैसकेका हुन्छन।उन्लाई एम्बुलेन्शमा अस्पत्ताल लिएर जान्छन।आखिर त्यो महिलाले कसैको के बिगारेकि थिईन जो त्यो बद्माशले उनको शुन्दर फेशलाई जलायो।उनि आफै सानैमा बाल मज्दुर भैन सानैमा बिबहा भयो र उनैको लोग्नेले उन्लाई बेच्यो कयौ ब्याक्तिहरुले उनिमाथि साररिक मानसिक उत्पिडन गरे।आफ्नै घरमा महिला अशुरक्षित हुन्छन।कयौँले सामुहिक बलत्कार गरे अनि उनि गर्भबती भैन।समाजले उन्लाई गाउँ निकाला गरायो।आफ्नो मुटुको टुक्रा जो दुनियाको नजरमा अबेद थियो।उन्ले हिम्मत गरेर जनम दिईन तर त्यो बच्चा समेत खोसेर उनिमाथि चरम मानसिक यातन दियो।अहिले पनि उन्को मुहारमा तेजाब फ्याँकेर आफु कायर भयको परिचय दिएको थियो।
सेतेका आँखा बाट आँशु बगे अक्सर उस्ले दिदिलाई शम्झिन्छ र यहि प्रश्न उस्को मनले खोज्छ आखिर त्यो सम्मानिय महिला त्यो दुष्टको नजरमा केको दोशि थिईन?योस्को उत्तर अहिले पनि उस्लाई मिल्दैन।०५-०२-२०२१,
(यो कथा काल्पनिक हो यसका पात्र ठाउँ नाम सबै काल्पनिक हुँन।जस्को नीजि जीवन सँग मेल खाएमा सञ्जोग मात्र हुन्छन।)