शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अमेरिकन साम्रज्यवादीको हस्तक्षेप

अमेरिकन साम्रज्यवादीको हस्तक्षेप

  • शनिबार, माघ २४, २०७७
अमेरिकन साम्रज्यवादीको हस्तक्षेप

हामीले ईतिहास भुल्नु हुँदैन। १९४५,६ अगस्त र ९अगस्तको दिन अमेरिकाले जापानको हिरोशिमा र नागाशाकीमा आणबिक बम खसालेर जापानलाई तहस नहस बनायो। त्यो अकल्पनिय नरसम्हारको आज पनि मानव जगतले कहिलै भुल्न नसक्ने घाऊ बोकी रहेको छ। ठीक यस्तै घाऊ मध्यको अर्को घाऊ हो भियतनाम युद्दको १९५५को नोवेम्बर १देखी १९७५ अप्रेल ३०सम्म चलेको त्यो युद्दको हिसाब किताब हुन बाँकी नै छ। २०बर्ष लडेर कती धन जनको क्षेती भयो आज पनि ठीक सँग भन्न सकिने अवस्था छैन। संसारमा को शक्तिशाली भन्ने पागलपन जब सुरु हुन्छ तब यो स्थिती आउछ।
सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा रूस र सोभियत सङ्घ एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।

युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण अमेरिका र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।

दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘नेटो’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र हङ्गेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत सङ्घले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा क्युबा मिसाइल संकटको दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर गृहयुद्धको स्थिति थियो । अमेरिका र सोभियत सङ्घको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।

लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । कम्बोडिया, कंगो, कोरिया, इथोपिया, सोमालिया जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।

तेसको अर्को पक्ष हो अफ्गान युद्द।१४ जुलाई १९७३मा जहिर शाहलाई सत्ता च्युत गरी दाऊद खानेले आफ्नो हातमा राज्य सत्ता लियो। त्यो समय सोभियत संघलाई तोड़नु पहिलो लक्ष लिएको अमेरिकाले अफ़ग़ानिस्तानमा खेल्ने मौका खोजेको थियो। ठीक हालको नेपालको अबस्था थियो तेहा। आज अमेरिकालाई चीनलाई टुक्रयाउनु प्रमुख योजना हो। तेसको लागी नेपाल उपयुक्त ठाऊ भएकोछ। तेसैले त MCC जस्तो घातक योजना यहाँ ल्याईदैछ। दाऊद खानले ५बर्ष पनि राम्रो सँग देश चलाऊन सकेनन। १९७८मा उनी मरे। दाउद खान शाही परिवारको नजिकै को ब्यक्ती थियो। तत्कालिन राजाको बहिनी सँग विवाह भएको थियो। उनी पहिले सेनाको सर्दार थिए। पछी अफ्गानिस्तानको पाचौ प्रधानमन्त्री भये। १९५३ देखी १९६३सम्म राष्ट्रपती भये। तेस पछी सत्ता कब्जा भयो। देश सम्हालन नसके पछी तेहा देश भित्र समूह समूह बीच द्वन्द चरकिंन थाल्यो। यसै बीच दाऊद खान पछी डॉक्टर नजीबल्ला सत्तामा रसियाले ल्यायो। जनरल दुस्तोम डॉक्टर नजीबल्ला कम्मुनिस्ट समर्थक हरू सत्तामा आए। त्यो समय अफगानिस्तानको बिकास राम्रो भएको देखींछ। देशको अस्थिरताको अंत्य देशको चौतर्फ़ी बिकासको लागी रसियाको सहयोगमा डॉक्टर नजीबुल्लाले रसिया लाई भित्रयाए। त्यो अमेरिका लाई पचेन। एकातीर ईरान अर्कों तीर रसिया बिचमा अफ़गानिस्तान। अमेरिकालाई आफ्नो पकड बनाउनु थियो तेसैले अब डा. नजिबुल्लाहको सत्ता हटाएर आफ्नो कठपुतलि सत्ता कायम गर्नु थियो। तेसैले मुजाहिद्दिन निर्माण गरियो। जो रसिया सँग युद्दको लागि बनाइयो। रसियन सेनाको र मुजाहिद्दिन बिचको लडाईंको क्षेती कहाली लाग्यो छ समोली पन्शिर बामियान बिचमा लाखौं लाख ट्यांकर तेलमा आगो लगाइयो। कती निर्मम छ त्यो ईतिहास। रसियन सेना त गयो तर मुजाहिद्दिनले अमेरिकाको आदेश पालना गर्न छोड्यो। १९७८ बाट सुरु भएको युद्द १९९२सम्म मुजाहिदिनको सत्ता चल्यो देश चरम आर्थिक संकटमा फस्दै गयो। आन्तरिक द्वन्द बढेर गयो। जहाँ पर्स्तोन र पर्सियन हजारा ताजिक उज्बेक समुह समुह बिचको खुनी द्वन्द कहाली लाग्दो अवस्थामा पुग्यो। डा. नजिबुल्लाको सत्ता फालेर मुजाहिद्दिन आए मुजाहिदिन फाल्न लाई पाकिस्तानी तालिवानहरु अफ्गानिस्तान आए। यसको क्षेती सानो त थिएन नै भन्दा पनि नपत्याउने जस्तो लाग्छ। १लाख मान्छे लाई एउटै खाल्टोमा पुरेको कुरा त्यहाँका ब्रिद्द मान्छे भन्ने गर्थे। दुई तिर अग्ला पहाड बिचमा खोच त्यहाँ डोजर लगाएर लड्न गएका तालिवानीहरुलाई ज्युदै पुरेको जनरल दोस्तमले भन्ने कुरा म त्यहाँ बस्दा थाहा पाए। यो कुराको पुषटी हालका पाकिस्तानी प्रधानमन्त्रीले पनि सार्बजनिक गरेका छन।

तेस पछी १९९२ पछी त्यहाँ तालिवानी शासन शुरु भयो। त्यो पनि अमेरिकाले नै बनाएको थियो। तर तेही तालिवान लाई समाप्त गर्ने भनेर २००१को नोवेम्बरमा अमेरिकन सेना अफ्गानिस्तान प्रवेश गर्‍यो। २००१को अन्त्य तिर अहमद शाह मसुदको हत्या गरियो। जो अमेरिका बाटै निर्मित थिए। आज पनि लाखौं लाख बेरोज्गार भोकमरी बलात्‍कृत भएका छन अफ्गानिस्तानमा अझै युद्द सकिएको छैन। हाम्रो देशको अवस्था सँग मिल्ने भुपरिवेस्ठित राष्ट्र अफ्गानिस्तान प्राकृतिक साधन्श्रोतले भरिपूर्ण छ। संसार कै उत्तम फलफूल उत्पादन हुन्छ केसर जडिबुटी उत्पादन हुन्छ। तर पनि त्यो देश किन गरीब छ? जहाँ बाट थलमार्ग संसार भरी जान सकिन्छ। युरेनियमको खानि अमेरिकाले कब्जा गरेर लागि सक्यो। रसियालाई त टुक्रायो नै ईरान ईराक सिरिया सबै बर्बाद बनाउने उसको योजना अब चाइना माथिको हुने छ। तेसैको लागि MCC नेपालमा ल्याएर तिब्बत अलग गराउने र संसार मै अर्थिक बिकास सिर्स बनाउदै गएको चाइनाको बर्बादीको लागि हाम्रो भुमी प्रयोग गर्ने उसको योजनामा यहाँका अधिकांस नेता सामेल छन। खम्पा बिद्रोहीलाई अमेरिकाले हतियार उपलब्ध गराएर १०बर्ष फ्री-तिब्बतको लागि लडाईं गराउन नेपालको भुभाग प्रयोग भएको ईतिहास हाम्रो सामु छ। त्यो बेलाको शासक बलियो थियो। तत्कालिन राजा बिरेन्द्रले आर्मी लगाएर खम्पा बिद्रोहिलाई दवाएको मुल्य आफ्नो र आफ्नो बंसको ज्यान दिएर चुकाउनु पर्‍यो। अब यो देशमा यस्तो कुनै ब्यक्ती छैन जसले देशको लागि आफ्नो प्राणको आहुती दिन सकोस। हामी अब नजानिदो हिसाब बाट अफ्गानिस्तानको बाटो हिंडेकाछौ।

चर्चामा

सम्बन्धित समाचार