कसै-कसैले आर्काको रगत बगाएर आमदानी गर्छन,
घर भित्र आगो लगाएर दुश्मन लाई मेहरबानी गर्छन।
हाम्रो देशभित्र पनि यस्तै हुँदै आएकोछ दशकौँ देखि,
जनताले अन्धबिश्वास गर्छन नेताहरुले बेमानी गर्छन।
ठुल ठुला सरकारी भवनलाई ढाले पुलहरु ढाले यँहा,
सडक देखि सदन सम्म हाना हान जानि जानी गर्छन।
जनता जिउँदै पोले हजारौँ निर्दोश मार्छन आज भोली,
नेताले मन्दीरमै पुजा पाठ हप्तौँ सम्म स्वस्तानी गर्छन।
गरीबकै नाम बेचेर उस्को महल बन्यो केथा गरिबलाई,
तिम्रो मतले बिकाश आसे पासेलाई छानि छानी गर्छन।
पहिलेका राजाहरुले छोरा लाई देशनै अंशबण्डा गर्थे,
अहिले बिदेशको हवाला बिभिन्न धातुको खानि गर्छन।