शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा : बुढीनन्दा नगरपालिकामा एक युवकको रुखबाट लडेर मृत्यु

बाजुरा : बुढीनन्दा नगरपालिकामा एक युवकको रुखबाट लडेर मृत्यु

  • मङ्लबार, माघ २०, २०७७
बाजुरा : बुढीनन्दा नगरपालिकामा एक युवकको रुखबाट लडेर मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ४ मा हिजो एक २० बर्षीया युवकको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय मनोज रोकाया रहेको स्थानियले बताएका छन । नेपाली काँग्रेस तत्कालिन कोल्टी गाविसका सभापति रंगविर रोकायाका २० बर्षिय छोरा मनोज रोकायाको हिजो कुरु ताल नजिकै रुखबाट लडेर मृत्यु भएको हो ।

दिउसो बाख्रा चराउन गएका बेला बाख्रालाई स्याउला काट्न रुख चढेको र सोहि रुखबाट लडेर घटनास्थलमै ज्यान गएको स्थानिय चन्दलाल बोहोराले जानकारी दिनुभएको छ ।

बाँकेको बागेश्वरी कलेजमा कक्षा १२ मा अध्ययनरत रोकाया घरमा आएका थिए । तत्कालिन कोल्टी गाविसका पाटी सभापतिका छोराको निधले नेपाली काँग्रेस बुढीनन्दा परिवार दुखित भएको बुढीनन्दा नगरपालिका वडा नं ७ का अध्यक्ष अशोक दानीले बताए ।

चर्चामा

सम्बन्धित समाचार