बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरीका ४६ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

प्रहरीका ४६ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

  • सोमवार, माघ १९, २०७७
प्रहरीका ४६ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

 

काठमाडौं — नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिले चिरन्जिवी दाहाललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, सुवास बुढाथोकी, सन्तोष रोक्का र रबिन बिष्ट सहित ४६ जनालाई बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।  गृहसचिव अध्यक्ष हुने बढुवा समितिमा गृह मन्त्रालयका सह–सचिव सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य–सचिव रहन्छन् ।

चर्चामा

सम्बन्धित समाचार