रातदिन काम गर्दा यो जीवन पनि भार भयो,
जनताको समस्या नबुझ्ने यँहा सरकार भयो।
देश समाबेसि र समाजवाद तिर डोराउँनुपर्ने,
तर तानासाह अप्रजातान्त्रिक ब्यबहार भयो।
पक्कै पनि देश भाड्न लाई आएछ संघियता,
प्रष्टैछ यो देशनै टुक्रा टुक्रा पार्ने औजार भयो।
देख्यौ खशिको टाउको झुण्डाएर कुकुर बेच्ने,
गफडि थलो भंग गरेर सडकमा ब्यापार भयो।
भन्छन हाम्रै देशमा पनि गणतन्त्र छ अरे हेरौँ,
संघियताले गर्दा हाल त्यही पनि बिमार भयो।
भाषणमै समाजवाद र साम्मेवाद सुन्दा हजूर,
मलाई नि लाग्यो देशमा साशन दमदार भयो।
आमा यो सेते जस्तालाई सबैले ठगेकै हुन्छन,
सोँच्दैथेँ अब देशमै रोजगारिको आधार भयो।