शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नेपाल रेडक्रस सोसाईटीको १८औँ साधारणसभाले गरेका निणर्य सार्बजनिक( निर्णय सहित)

नेपाल रेडक्रस सोसाईटीको १८औँ साधारणसभाले गरेका निणर्य सार्बजनिक( निर्णय सहित)

  • आइतवार, माघ १८, २०७७
नेपाल रेडक्रस सोसाईटीको १८औँ साधारणसभाले गरेका निणर्य सार्बजनिक( निर्णय सहित)

बाजुरा — नेपाल रेडक्रस सोसाईटो बाजुरा शाखाको १८औँ साधारणसभाले गरेका निणर्य सार्बजनिक गरेको छ । बाजुरा सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत गरेका निणर्यहरु सार्बजनिक गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी बाजुराको १८ औँ जिल्ला शभा शनिबार सदरमुकाम मार्तडीमा सम्पन्न भएको थियो । सभाले गरेका निणर्यहरुको बारेमा जानकारी दिन नेपाल रेडक्रस सोसाईटी बाजुराले पत्रकार सम्मेलनको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटीइका कार्यक्रम अधिकृत ईस्वरा सुबेदीले बताएकी छन । पत्रकार सम्मेलन कार्यक्रमको सभापती रम बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको अतिथि नेपाल रेडक्रस सोसाइटी बाजुराका निबर्तमान सभापती दिल बहादुर बुढा रहेका थिए । ईस्वरा सुबेदीले संचालन गरेको पत्रकार सम्मेलन कार्यक्रमा जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र बिश्वब्यपकता भन्ने मन्त्र लिएको रेडक्रस सोसाइटी बाजुरा शाखाले भब्यरुपमा १८ औँ जिल्ला सभा कार्यक्रम सम्पन्न गरेको आगामी कार्यक्रमहरु तथा नितिहरु बनाएर अगाडी बढुने रण्निती समेत तयार गरेर नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
आव म आ.व. २०७७ /२०७८ को प्रस्तावित कार्यक्रमहरुमा रेडक्रस आजिवन सदस्यता १ सय जना वृद्धि गर्ने,नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समिति र प्रदेश समितिसंगको समन्वय गरी मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने ,नेपाल रेडक्रस दिवस, विश्व रेडक्रस दिवस, राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सामाजिक सेवा दिवस र जुनियर तथा युवा रेडक्रसको स्थापन दिवस मनाउने, उपशाखाको आफ्नो भवन नभएको अवस्थामा जग्गा खरिद र भवन निर्माणका लागि स्थानीय तहसंग समन्वय गरी कार्यलाई अगाडि बढाउने लगायतका कार्यक्रमहरु बनाएको सभापती शाहीले बताए ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/01/redcress.pdf

redcress

चर्चामा

सम्बन्धित समाचार