बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दिपायल टु बडिमालिका हेली टुर आइतबारबाट शुभारम्भ हुने

दिपायल टु बडिमालिका हेली टुर आइतबारबाट शुभारम्भ हुने

  • शनिबार, माघ १७, २०७७
दिपायल टु बडिमालिका हेली टुर आइतबारबाट शुभारम्भ हुने

बाजुरा — बाजुरा जिल्लाको धार्मीक तथा पर्यटकिय क्षेत्र बडिमालिकमा पनी हेलीकप्टर टुरु सेवा सुरु हुने भएको छ । खप्तड होम स्टेको सहयोगमा भोली अर्थात आइतबारबाट दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन ।
भोली हुने पहिलो फलाइटमा नेपाल पर्यटन बोर्डका सियो डाक्टर धननजय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले सो हेली टुरको शुभारम्भ गर्ने खप्तड होम स्टेका संचालक खड्काले बडीमालिका खवरलाई बताएका छन । दिपायल देखी बडिमालिका सम्मको हेली टुर माघ २५ गते सम्म प्याकेज रहेको उनले बताएका छन ।
सुदुर पश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलीकप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको उनले बताए ।
सुदुरका पर्यटन क्षेत्रको बिकाश र पर्यटन प्रबद्धन गर्न उनले हेली प्याकेजका साथै अन्य बिकाशका लागि केही गर्न सकिन्छकी भने सो सेवाको प्याकेज बनाएको खड्काले बताए । धर्तिकाे स्वर्ग बडिमालिका जाँउ , धार्मिक महिनामा पुण्य कमाउ भन्ने मुल नाराका साथ हेलिकप्टरबाट दिपायल – बडिमालिका प्रति ब्यक्ति २७ हजार ५ सय रहेकाे र साे हेलीक्पटरमा   चार जना अनिवार्य हुनुपर्ने  खड्काले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार