शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नेपाल रेडक्रस सोसाईटी बाजुराको १८ औँ जिल्ला शभा सूरु

नेपाल रेडक्रस सोसाईटी बाजुराको १८ औँ जिल्ला शभा सूरु

  • शनिबार, माघ १७, २०७७
नेपाल रेडक्रस सोसाईटी बाजुराको १८ औँ जिल्ला शभा सूरु

बाजुरा — नेपाल रेडक्रस सोसाईटी बाजुराको १८ औँ जिल्ला शभा सदरमुकाम मार्तडीमा सूरु भएको छ । नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका छन ।
मन्त्री मेघराज जैशीले संचालन गरेको कार्यक्रमको बिषिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहेका थिए । बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको जिल्ला सभाको स्वागत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा उपसचिव उमा कटुवालले गरेकी थिइन ।
मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र बिश्वब्यपकता भन्ने मन्त्र लिएको रेडक्रस सोसाइटी बाजुरा शाखाले भब्यरुपमा १८ औँ जिल्ला सभा कार्यक्रम सम्पन्न गर्न लागेको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीले बताए ।

चर्चामा

सम्बन्धित समाचार