पहिले पहिले कम्युनिष्ट भनौदाहरुमा एउटा होड थियो धर्म कस्ले कति सम्म छाड्ने।”यँहा धर्म भन्नाले खास धर्म नभै रुढिवादलाई बुझ्नु पर्छ।”धर्मको शन्द्रभमा यो लेख नभयको हुँदा त्यता नजाउँ।वास्तबमा कसैले कसैको आजा पुजामा गयो भनेपनि त्यसको आलोचना हुन्थ्यो,कसैले जनै लगायो भनेपनि उस्को आलोचना गरेको देखिन्थ्यो।यँहा सम्म कि अहिले अध्यायन गरिने पाठ्यापुस्तकलाई बुजुर्वा पढाई र त्यो डिग्रिलाई बुजुर्वा डिग्रि भनेर त्यसको कुनै काम नभयको पनि भन्थे।कुल मिलाएर पुरानो सम्पुर्ण संरचनालाई ध्वस्त पारेर आमुल परिवर्तन गर्ने जँहासुकै पनि त्यही पाठ पढाईयो।कसैले त्यहि पाठलाई ब्यबहारिकता पर्दान गरे कसैले लुकेर भयपनि त्यो रुढिवादी बिचारलाई अपनाई राखे।माओवादीले गरेको जनयुद्ध ताक घोरुको मासु नखाने लाई कम्युनिष्ट होईनन् पनि भने।कुल मिलाएर जस्ले जे जानेको थियो त्यहि प्रकारको सक्यासम्म जनता कार्याक्रतामा भ्रम छरेका थिए।
अहिलेको द्वौर कस्तो आयो उनै आफुलाई कम्युनिष्ट भन्नेहरु बाट “कस्ले कुन धर्म अप्नाउँने त्यो होड चलेकोछ।कसैले इसाई धर्म अप्नाउँनु पर्छ,कसैले पसुपतिमा लाख बत्ति बाल्नु पर्छ,कसैले बौद्ध धर्म मान्नु पर्छ आदि ईत्यादि धार्मिक बिचार जन्मिदैछन।अब उनि आफैले भन्न सक्नु पय्रो उनिहरु कुन नश्लका कम्युनिष्ट पादरी हुँन?
उनि हिँजो ठिक थिए कि आज ठिक छन त्यो उनिहरु आफैले जनतामा गएर भन्न सक्नु पर्छ।उनिहरुको ब्यबहार बाट जनतामा कस्तो शंदेश गयकोछ त्यो उनिहरुले महेशुर्ष गरेकै होलान।
अहिले देशको उनिहरुको ब्यबहारले शहिदहरुको सपनामा पानी फेरेको भने पक्का पक्कीछ।
यो माघको महिना लग भग शहीदी दिवशको रुपमा याद गर्दै प्रजातन्त्रको हितमा लगभग पुरैमैनामा कुनै न कुनै कार्या गरेको पञ्चायति काल देखिका पञ्चहरुले पनि १०देखि २६गते सम्म शहिदि दिबशको सम्मानमा केहि गर्ने गरेको संझना हर कसैलाई होला पनि।हिँजो आज शहिदी दिबश मनाउँन त टाडाको कुराभयो देशमा गणतान्त्रिक शक्तिहरु लाई बलजब्ति खदेड्ने काम भयको देखिन्छ।
हिँजो प्रजातन्त्रको लागि राणाहरुको निरंकुश तानाशाही ब्यबस्थामा जुन प्रकारले जनताको आवाज कुचल्ने काम भएको थियो।आज देशमा गणतन्त्र आएको बेला जनताले बिघटित संसदको पुर्नवहालीको लागि गरेको शंघर्षलाई यसरी बलजब्ति खदेड्दा सरकारले एकपटक पनि त्यो तानाशाही ब्यबस्था याद गरिन।जनताले राणा र राजाको निरंकूश शाशन फाल्दा कति शहिद भय त्यो पनि शंझेन।
कम्तिमा यो मार्गको मैनामा त प्रजातन्त्रका लागि शहिद भएका ति महान शहिदको लाज मानुश सरकारले।के यहि दिनका लागी उनिहरुले आफ्नो प्राणको बलि दिएका हुँन?पक्कै पनि एउटा गणतान्त्रिक र देशभक्त शक्तिले निदार चाउरी पारेर एकछिन सोँच्नु पर्छ ।
नेपालमा १०४बर्षको राणा साशनलाई फाल्न लामु शंघर्ष भयो।कयौँले आफ्नो प्राणको बलि चडाए।त्यो कुर्वानीलाई शमरण गर्दा हरकसैको मुटु सिरिङ्ग गर्छ।अहिले एसको एउटा मात्र उधारण दिनु शान्द्रभिक होला।नेपाल प्रजापरीषदको१९९३को २०गते जेष्ठमा धर्मभक्त माथेमाको घरमा स्थापना भयो।त्यही राणा सरकारको बिरुद्धमा एउटा अभियान थियो।
टंकप्रसाद आचार्य,धर्मभक्त माथेमा,दशरथचन्द,रामहरी शर्मा र जीवनराम शर्मा यसका संस्थापक नेताहरु थिए।भाद्र१९९७मा यो संस्थाको कार्याकारणीहरुको चुनाव भयो।जस्ले टंकप्रसाद आचार्यलाई सभापति,दशरथ चन्दलाई उपसभापति,रामहरी शर्मालाई महामन्त्री,गंगालाल श्रेष्ठ,गणेशमान सिहँ,रामजी जोशी,पुष्करनाथ उप्रेती,गोबिन्दप्रसाद शर्मा,हरीकृष्ण श्रेष्ठ,चुडाप्रसाद,शिद्धिचरण श्रेष्ठ,लगायतका यसका सदस्यहरु छानिए।यसले लुकि छिपी राणाहरुको बिरुद्धमा प्रचा छर्ने र भारत बाट प्रकासित हुँने पत्रिकाहरु”जनता”र”एड्भाश”मा लेख रचनाहरु छपाउँने काम गर्थे।भनिन्छ यो काममा त्यो बेला त्रिभुबनको पनि अप्रत्यक्ष सहयोग थियो।राणाहरुलाई यसको भनक भैसकेको थियो।यसै संस्थाका एकजना सदस्य रामजी जोशीले राणाहरु शमक्ष पोल खोलिसकेका थिए।त्यो बेला सरकारले गोर्खा पत्रमा ईस्तिहार छपाई यसका सदस्यहरुलाई पक्राउँने लाई रु५०००/को ईनाम दिने घोषणा गरेको थियो।यसका नेताहरुको ब्यापक गिरफ्तारी भयो।राणाहरुले उनिहरुलाई ब्यबस्था बिरोधी साबित गराई सजाए सुनाउँन जनरल शंकर शमशेरको नेतृत्वमा बालकृष्ण शमशेर,गंगाबहादुर,मानबहादुर,उपेन्द्र पुरुष ढकालको पाँच सदस्यिय बिशेष अदालतको गठन गय्रो।गिरफ्तार भएका लाई गम्भिर यातना दिएर साबित गराईयो।यो अदालतले गंगालाल,दशरथचन्द,शुक्रराज र धर्मभक्तलाई मृत्यु दण्ड अरुलाई जनम कैद र कैद गरी ३५जनालाई दण्डित गय्रो।टंकप्रसाद,पुर्णप्रसाद,रामहरी शर्मा, ब्राहमड भएकोले उनिहरुलाई मृत्यु दण्ड दिईन।मृत्यु दण्डको सजाए पाएका मध्य १९९७को मार्ग९गते रात्री शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाईयो।शुक्रराजको शरीरमा “सरकारको बिरोध गर्नेको यस्तो हालत हुँन्छ”भन्ने लेखिएको कपडा राखेर पुरै एकदिन प्रदर्शन गरायो।माग ११गते धर्मभक्त माथेमालाई सिफलमा झुण्डाईयो।पछि १४गते गंगालाल श्रेष्ठ र दशरथचन्द लाई बिष्णुमति भौँचा खुसिमा गोली ठोकेर मारियो।यसरी राणा सरकारले आफ्नो बिरुद्धमा उठेको आवाजलाई दफन गर्ने असफल कोसिश गरे।प्रजापरिषद माथि ब्यापक दमन भयोतर पनि२००७साल आयो।राणाको दमनले सातसालको घटनालाई रोक्न सकिन। टंकप्रसाद आचार्य लगायतका लागि बन्दि बनाईयो।तर उनि पछि महिन्द्रले टंकप्रसाद को नेतृत्वमा सात सदसिय मन्त्रिमडल गठन गरेका थिए।माघ१३गते२०१२सालमा।
धेरैले टंक प्रसाद आचार्यालाई जिउँदा शहिद भन्ने गरेको पनि यसैले गर्दा हो उनि ब्रहामण्ड नभयको भए त्यो बेला उन्लाई पनि झुण्डाईने थ्यो भनेर होला उन्लाई जिउँदा शहिद भन्ने गर्छन।शहिद हुँनुको लागि कम्तिमा देश र जनताको आन्दोलन मा सहदात प्राप्त गरेको हुनुपर्ने मापदण्ड हुन्छ।
अहिले त शहिदको परिभाशानै बदलिएको देखिन्छ।
जे हौश त्यो छुट्टै छलफलको बिषयहो।अहिलेको यो सरकारले कम्तिमा शहिदको सपनालाई त धरासाई नपार्नु पर्ने।आफुलाई कम्युनिष्ट भनाउँदै बखान गर्ने सरकारले यसरी शहिदको शंझनामा कार्याक्रमहरु राख्नुको सट्टा आफैले राणा सरकारको कमान छोपेको जस्तै गर्न थालेको देखिन्छ।पहिले अप्रजातान्त्रिक र असम्बैधानिक भयर तानाशाहि पुर्वक आफ्नो अनुकुल नभयपछि संसद बिघटन गरे।अनि जनताले यो गलत कृयाकलापको बिरुद्ध शान्तिपुर्वक प्रदर्शन गर्दा बलजफ्ति पानिका फुहारा लाठिचार्ज गरेर त्यो आन्दोलनलाई गदेड्ने ब्यबहारले सरकार आफैमा फाविवादी तानाशह बन्दै गयको आभाश हुँन्छ।