मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा गणतन्त्र दिवश र किसान आन्दोलन

भारतमा गणतन्त्र दिवश र किसान आन्दोलन

  • मङ्लबार, माघ १३, २०७७
भारतमा गणतन्त्र दिवश र किसान आन्दोलन

आज भारतमा ७२वा गणतन्त्र दिवश मनाउँदैछन।अर्को तिर किसानहरुले करिब दुईमैना भन्दा पनि धेरै दिन देखि सरकारको तिन कानूनको बिरुद्धमा आन्दोलन गर्दै आएकाछन।दिल्लिको चारै तिरबाट सिमानामा पुलिसहरुको चौकसी अरु बढाएकोछ।किसानहरुले आजै टेक्टर रैली निकाल्ने भयकाछन।यस्तो अबस्थामा गणतन्त्र दिबशको परेड हुँदैछ।सरकारको लागि किसानहरुको आन्दोलन ठुलो समस्या बनेकोछ।
सन १९५०को २६जनवरीका दिन भारतमा सम्बिधान लागु भएको थियो।भारत करिब तिन सौ बर्ष पुरानो गुलामिको दासताँ लाई एक सए बर्ष सम्मको लामू बलिदानी पुर्ण शघर्ष गरेर सन१९४७ई.मा आजाद भयो।करीब२००बर्ष सम्म भारतमा अंग्रेजि हुकूमतनै थियो।यो आजादिको लागि भारतका मात्रै होईन नेपालीहरुको पनि ठुलो योगदान रहेकोछ।भारतको आजादी पछि भारतिय सम्बिधान दुई बर्ष एघार मैना र अट्ठार दिन पछि २६नोभेम्बर१९४९सम्म सम्बिधान निर्माणको काम पुरा भैसकेको थियो।पछि२६जनवरी सन१९५०मा यसलाई देशको लागि पारित सम्बिधानको दर्जा दिईयो।त्यो बेला मूल सम्बिधानमा ३९५अनुच्छेद थिए जो२२भागमा बिभाजित थिए।जस्मा ८अनुसुचि थिए।
भारतमा पनि राजा रजौटाहरुको राज थियो र त्यँहाका राजाहरुले प्रजालाई शोशण गर्ने गर्दथे।बृटिश हुकुमतले उनिहरुको बिचमा फुटाएर राज गर्ने गर्दै आएको थियो।पछि पनि भारतको आजादी भन्दा पहिले देशमा हिन्दु र मुश्लिम बिचमा जातिय दङ्गा गराएर भारतको टुक्रा पार्नमा अंग्रेजि हुकुमत कामियाब भयो। सन १९४६मा भार आजाद हुँने भन्दा पहिलेई सम्बिधान सभाका सदस्यहरुको चुनाव गरियो।कुल२९६जन सदस्यमा २११सदस्य काँग्रेशका र७३स्थान मूश्लिम लीगलाई मिल्यो भने बाँकी रिक्त रहे।३जुन सन१९४७मा मूश्लिम लीगले आफ्नो स्थिति समपष्ट पाय्रो।उनिहरुले अलग पाकिस्तान बनाउँने निर्णय गरिसके।त्यसपछि उक्त सम्बिधानमा मूश्लिम लीगका मोमद अलि जिन्हा लगायत७३जनाको कुनै अस्तित्व रहेन।डा.भिमराव अंबेड्करको नेतृत्वमा सम्बिधान सभाले भारतको सम्बिधान बनायो।त्यही सम्बिधान आजैका दिन भारतमा लागु गरियो त्यसैको यादमा लगातार गणतन्त्र दिवशको रुपमा भारतले आजको दिनलाई मनाउँदै आएकोछ।
यो एक प्रकारको शक्ति प्रदर्शन नै हो।यसमा तमाम आधुनिक हातहथियार लडाकु बिमान फौजीहरुको परेड बिभिन्न राज्याहरुले आ-आफ्नो तैयारी गरेको शक्तिलाई आजको दिन राजधानीमा प्रदर्शन गर्ने गर्छन।
हिँजो को यो गरिब भारत जहाँ अनिकाल मा कयौँले ज्यान गुमाउँनु पर्थ्यो आज अन्नको भण्डारछ।भनिन्छ भारतको गोदामहरुमा भयको अन्नले सारा संसारलाई एकमैना खान पुग्छ त्यत्रो अंन्नको भण्डार ति किसानहरुको मिहेनतको परिणामहो।जस्लाई आज आन्दोलनको लागि सरकारले सडकमा उतारेकोछ।देशमा आर्थिक बिकाश भयकोछ तर पनि गाउँमा अँझै गरिब हरुको दयानिय अबस्था देखिन्छ।देशमा भिखारीहरु बाल मज्दुरहरुको पनि अत्याधिक सँख्याछ।अहिले नीजि करण उद्धारी करण ले सरकारी क्षेत्रमा प्राईबेट ठेकेदारहरुले दोहन गरेकाछन।देशमा जति बिकाश भयपनि जनताको मानसिक स्तर उठ्न सकेकोछैन।आजपनि गाउँमा झारफुक प्रथा देख्न पाईन्छ।भारतमा केन्द्र साशित प्रदेश बाहेक २९राज्याहरुछन।जसको बिकासको लागि नेपाली युवाहरुको पनि ठुलो लगानिछ।अहिले भारतमा बिदेशीहरुलाई देखेर सहनन किन कि यो देशमा युवाहरु लाखौको सँख्यामा बेरोजगार छन।उनिहरुलाई नोकरी नपाएपछि बिदेशीले काम गरेको देख्दा उन्लाई रिस उठ्नु अस्वभाबिक भन्न सकिदैन।देश अर्ध संघिय साशन प्रणालि भयको केन्द्रियकृत देशहो।जस्मा बहुजाती,बहुभाषिक,बहुधार्मिक समाजको बसैबासछ।तरपनि यँहाको सरकारले हिन्दुत्वको राग अलाप्दै आएकोछ।अहिले भारत र नेपालको सुगौली सन्धि र १९५०को मैत्रि शन्धिबाट आएका लाखौ लाख प्रवासी वा अप्रवाशि नेपालीहरु भारतमा छौँ।जस्ले देशलाई ईमानदारी पुर्वक पसिना बगाएर बिकासमा सहयोग गर्दै आएको सबैलाई थाहानैछ।

चर्चामा

सम्बन्धित समाचार