देशमा केहि दिन पहिले उखु किसानहरुले आन्दोलन गरेका थिए।त्यो उनिहरुको बाध्यता थियो उनिहरुलाई आफ्नो मिहेनतको हर्जाना मिल्दैन भने कसोगरी जिविका धान्छन?आन्दोलन गर्न कुनै श्रमजिवि बर्गको सोक हुँदैन।
बिगत हाम्रो देशमा लाक डाउँनको द्वौरान बिदेश बाट देशभित्र फर्केर केही खेति किसानि गर्ने धेरै युवाहरुको योजना थियो।तर उनिहरुको सपना सपनै बनेर रह्यो।पुरा पनि कसरी हुँन्थ्यो,पहाडि भेगमा भयका जमिन पराय जसो सिँचाई को लागि पानीको ब्यबस्था नहुँदा किसानहरुले आकाशको भरमा खेति गर्छन।कैले कसो मानो छरेर मानो नफर्किने अबस्था श्रृजित हुन्छ।जमिनमा दिन रात काम गर्दा पनि पेट भरी खान नपाएर किसान आर्काको ज्याला गरेर पेटपालेका तमाम उधारणहरु भेट्टिन्छन।त्यो अबस्थामा जुन उदेश्य बोकेर लाक डाउँनको द्वौरान युवाहरु स्वदेश फर्किएका थिए आखिर उनिहरु पुनः बिदेश तिर लागे।देशमा राजनीतिक घम्म सान बाहेक केहि राम्रो कुरा भेट्टिदैन।अहिले त सामाजिक सदभावका कुराहरु कत्तिपनि हुँदैनन् मात्र राजनीतिक गफ आपसमा चर्काचर्की भैँश गर्छन र बोलिनै बारा बार हुँन्छ।मैत्रिपुर्ण तबर बाट कुनै छलफल गर्न नसक्दा राम्रो बिचारपनि गौण हुँन्छ र अनाबस्याक काम नलाग्ने बिचार पनि हैबी भयर अगाडि सर्छ त्यो राम्रो पक्ष भने होईन।अहिले देशको अबस्था यस्तै यस्तै छ यस्तो हुनुको पछाडि राजनीतिज्ञा भनाउँदाहरुको गाईड गर्ने तौर तरिकाहरु जिम्मेदार छन।उनिहरुमा सदभाव रहेन सहनशिलता,र बिवेकसिलता पनि रहेन।
देशको समस्या, किसानहरुको समस्या लाई लिएर मैत्रिपुर्ण छलफल गर्दा किसानको र देशको हितमा कुनै निस्कर्श निक्लिन सक्थ्यो।अहिले छिमेकी देश भारतमा किसानहरुको लगभग दुई मैनादेखि आन्दोलन चलेकोछ।त्यो आन्दोलनले दिल्लि लाई घेरेकोछ।खास गरेर पंजाब हरिमाणा र पूर्वी उत्तर प्रदेशका किसानहरुले सरकरारी तिन कानुन सम्बन्धि बिलको बिरुद्धमा आन्दोलनरत छन।
न्यूनतम समर्थन मूल्य,”एम एस पी”,ईलोक्ट्रोनिक मण्डि,(ईनाम),किसान उत्पादन संगठन(एफ पि ओ), किसान हरुलाई सबै भन्दा खतरनाक बिल न्यूनतम समर्थन मुल्यले बढि दुष प्रभाब पारेकोछ।
उनिहरुले न्यूनतम सरकारी मूल्या पोलिसी पहिलेको जस्तै सरकारले निर्धारित गर्नुपर्छ भन्नेमा अडेर करिब दुईमैना देखि दिल्लिमा प्रदर्नन गरेकाछन दिल्लिको सिमाना सिमानामा उनिहरुले धर्ना दिएर बसेकाछन।आन्दोलन कारी किसानहरु र सरकारको बिचमा अँस्ति बुधबार सम्म दसौँ पल्टको बार्ता भयकोछ।तरपनि किसान आफ्नो अडानमा छन रकारले भने अँस्तिको बार्तामा कृर्षि मन्त्रि तोमरले भने”तिनौटै किर्षि सुधार कानून् लाई एक देखि डेड बर्ष सम्मको लागि कानून लाई लागु नगर्ने र त्यसमा रोक लगाउँने।त्यसपछि यो अबधि भरीमा त्यसबारे कुनैन कुनै निकाश निकाल्ने कुरा बताएकाछन।
यस बाट किसान नेता अँझै सन्तुष्ट देखि दैनन्।उनिहरुले यो कृषि कानुन का तिनौटै मुद्धालाई खारेज गर्न माग गरेकाछन।
देशमा अहिले सम्म किसानहरुको अनाजको समर्थन मुल्य सरकारले निर्धारित गर्छ।यो बिल लागु भयपछि त्यो सरकारको हात बाट प्राईबेट धनीको वा आड्तिको हातमा जानेछ।जो सरकारले आफ्नोजिम्मेवारी बाट हाथ हटाएपछि निश्चित रुपमा किसानलाई समस्या उत्पन्न हुँनेछ।
अहिले पंजाब मा कृषिलाई बिजिली निसुल्कछ भने हरियाणा मा मात्र१५पैसायुनिट बिजलि सुल्कछ।जो नाम मात्रको चार्ज हो।जस्को सबसिडि राज्या सरकारले बहन गर्छन।
हाम्रोदेशमा भन्ने हो भने किसानको लागि न त कुनै मण्डिको ब्यस्थाछ।न उनिहरुलाई समयमा मल बिउ प्राप्त हुँन्छ।न कृसि क्षेत्रलाई नलकुप को पार्बन्धछ न सिचाईको लागि भरपर्दो कुनै ब्यबस्थाछ।यो अबस्थामा किसानहरुले खेतिपाति छाडेर त्यो जमिनलाई भूमाफियाको हवाले गरेर आफु बिदेश तिर पलाईन हुँदै आएकाछन।यो चालाले हाम्रो देशको भबिस्य कस्तो होला।के सबै काम छाडेर राजनीति मात्रै गरेर देशको भलो होला ?वा खेति किसानि पनिगर्नु पर्ला सोचनिय बिषयछ।अहिले देशमा राजनीति गदर श्रृजना भयकोछ।किसानहरु थोरधेर भयको जमिनलाई बेचेर वा धितो राखेर बिदेशि तिर जान थाले।सरकारलाई आफ्नै रोईलोछ।यो अबस्थामा देश झनपछिझन आर्थिक दुराचारको सिकार हुँने निश्चित छ।
कृषि योग्य जमिन पलाटिङ्ग हुँदैछन भने देशका युवाहरु बिदेशमा काम खोज्दैछन।पढे लेखेका युवाहरु परिवार बाट टाडा रहेका मानसिक पिडित भयर कयौँ युवाहरुले आत्म हत्या गर्दै आएकोदेख्दा पनि सरकारले खासैध्यान नदिनु अत्यान्तै दुःखको बिषय हो।