बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • रमतेल डाँडा वन प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन अदालतमा फाइल पेश

रमतेल डाँडा वन प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन अदालतमा फाइल पेश

  • शुक्रबार, माघ ९, २०७७
रमतेल डाँडा वन प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन अदालतमा फाइल पेश

बर्दिबास — डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले आफ्नै कार्यालयका ७ कर्मचारीसहित २२ जनामाथि मुद्दा चलाउन अदालतमा अनुसन्धान फाइल पेश गरेको छ। रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानी प्रकरणमा वन कार्यालय जलेश्वरले जग्गाधनी, मालपोत, नापी कार्यालयका कर्मचारीसहित २२ जनाबिरुद्ध मुद्धा चलाउन बिहीबार जिल्ला अदालत महोत्तरीमा फाइल पेश गरेको हो।

‘सब–डिभिजन वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादवसहित सहरजमिन मुचुलकामा सहिछाप गर्ने जनप्रतिनिधि, स्थानीयबासिन्दा लगायत २२ जनामाथि कारवाही गर्न अनुसन्धान फाइल अदालतमा पेश गरिएका छौं,’सहायक वन अधिकृत तथा घटनाका अनुसन्धान अधिकृत समेत रहेका रामसुन्दर साहले जनाए।

फँडानी प्रकरणमा १ जना सहायक वन अधिकृत, १ जना फरेष्टर र ५ जना वन रक्षक, मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउत, बर्दिबास १ नम्बर वडाका वडा सदस्य शान्ता श्रेष्ठ, रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतमाथि मुद्दा चलाउन अदालतमा अनुसन्धान फाइल बुझाइएको हो।

जग्गाधनी बर्दिबास–१ का कृष्ण प्रसाद गौतम, लिलामणी आचार्यमाथि पनि अदालतमा मुद्दा दर्ता हुदैंछ। वन कटानी र फँडानी प्रकरणमा जग्गाधनीलाई वन कार्यालयले मुख्य अभियुत्त बनाइएको छ। रुख कटान गरिएको ठाउँमा जग्गाधनीको एक इन्चपनि जग्गा नपरेको वन कार्यालयले जनाएको छ। रुख कटान गर्ने काठ व्यपारी सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का संदिप नेपाली पनि फन्दामा परेका छन्। उनीमाथि पनि मुद्दा दर्ता गरिदैं छ।

वनको जग्गा व्यक्तिको हो भनी जहरजमिन मुचुल्का कामको तामेली गर्ने सब–डिभिजन वन कार्यालय बर्दिबासका फरेष्ट सन्तोषकुमार साह, वन रक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेश यादव, नारायण ढुङ्गेल र दिलीप महतोमाथि पनि मुद्दा चलाउन वन कार्यालयले अदालतसंग माग गरेको छ।

भू–माफियाको कब्जामा वन
रमतेल डाँडा वन कटान प्रकरण: वन प्रमुखमाथि अनुसन्धान
वनको जग्गालाई व्यक्तिकै हो भनी सहिछाप गर्ने बर्दिबास नगरपालिका–१ वडाका वडा सदस्य शान्ता श्रेष्ठमाथि पनि मुद्दा दर्ता हुने भएको छ। जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुजा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए। त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए। नापी कार्यालय बर्दिबासका अमिन राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए। २८ कार्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए।

अमिन राउतले सहरजमिन मुचुलकामा भनेका छन्,‘निवेदकको माग बमोजिम स्थलगत जाँच बुझ् गर्दा रुख जग्गाधनीको हो। जग्गाधनीकै नम्बरी र त्यसमा लगाएको रुख हो।’ जग्गाधनीले नम्बरी जग्गा भन्दै सामुदायिक वन क्षेत्रमा रहेको रुख कटान गरेर चारकिल्ला घेरेपछि स्थानीयले थाहा पाएका थिए।

सामुदायिक वन क्षेत्रमा पर्ने तीन बिघा १७ कठ्ठा १० धुर क्षेत्रफलको ४ सय ६ रुख कटान गरिएको छ। जग्गधनी कृष्ण र लिलामणीले १ बिघा २ कट्टा ११ धुरको लालपुर्जा देखाएका थिए।उनीहरुको जग्गा भब्सी खोलाले कटान गरेको क्षेत्रमा पर्छ।अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार