मङ्लबार, जेष्ठ ४, २०७८
  • होमपेज
  • राजनीति
  • जति मन्त्री बाडेपनि सुदूरपश्चिम हल्लिदैन : रावल

जति मन्त्री बाडेपनि सुदूरपश्चिम हल्लिदैन : रावल

  • बुधबार, माघ ७, २०७७
जति मन्त्री बाडेपनि सुदूरपश्चिम हल्लिदैन : रावल

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) पक्षका नेता भीम रावलले यो मुलुक कसैको कम्पनी नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको मुकुन्डो भिरेर जनतालाई भ्रममा पार्न व्यस्त रहेको आरोप लगाए ।

सुदूरपश्चिम प्रदेशको बोलन्या थलीबाट आफ्ना धारणा राख्दै रावलले हरेक समयमा ओलीले झुक्याउँदै आएको भएपनि अहिले निरंकुशता लादेकाले ओली प्रवृत्तिको अन्त्येष्टि गर्न सबै एकजुट हुनुपर्ने बताए । एक फरक प्रशंगमा बोल्दै नेता रावलले परराष्ट्र मन्त्रीको भारत भ्रमण उपलब्धि विहीन रहेको बताए । उनले भने, ‘प्रदीप ज्ञवालीले भारत भएर के सम्झौता गरेर आए ? प्रधानमन्त्रीले किन भेट दिएनन् म पनि भारत चीन गएको छुँ, त्यतिबेलाको व्यवहार र अहिलेको भारतले गरेको व्यवहार हेर्दा अचम्मित छुँ ।’

भारतसँगको सीमा विवादबारे छलफल बहस हुनुपर्ने भएपनि परराष्ट्र मन्त्री निरीह भएर फर्केको प्रति रावल दुखेसो छ । सार्वभौमसत्ता सम्पन्न र कसैको उपनिवेशिक नभएको मुलुक नेपालको गरिमालाई ज्ञवालीको भ्रमणले गिज्याएको रावलको तर्क छ ।

सिंगो राष्ट्रलाई झुक्याएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशलाई झुक्याउन नसक्ने रावलको दाबी छ । जतिसुकैलाई मन्त्री दिएपनि यहाँका जनताले मन्त्री हुनेहरुको अनुहार राम्रोसँग चिनेको रावलको भनाइ छ । सुदूरपश्चिमप्रति टाउको नदुखाउन समेत प्रधानमन्त्री ओलीलाई रावलले आग्रह गरे ।

चर्चामा

सम्बन्धित समाचार