बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले जवरजस्तीकरणी उद्योगमा मुद्धा लागेको एक फरार अभियुुक्त लाई ४ बर्ष पछि पक्राउ गरेको छ ।२०७४ वैशाख महिनाबाट अदालतमा विचाराधिन अवस्थामा रहेको जवरजस्ती करण उद्योगमा फरार प्रतिवादी बुढीनन्दा नगरपालिका–५ कोटिलाका ३० वर्षीय दीपक शाहीलाई इलाका प्रहरी कार्यालय कोल्टीले गाउँघरमा लुकेर बसेको अवस्थामा विशेष सुराकीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले ४ वर्ष पहिले जवरजस्ती करण उद्योगमा मुद्धामा चलाइएका बुढीनन्दा नगरपालिका–५ कोटिलाका ३० वर्षीय दीपक शाहीलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालत बाजुरामा पेश गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लोकेन्द्रसिं ठगुन्नाले बताएका छन । एक महिलालाई जवरजस्ती करण गरेको प्रहरीमा मुद्धा दर्तापछि शाही प्रहरीको फरारकाे सुचीमा रहेको थिए सुचना अधिकारी ठगुन्नाले बताए ।