• होमपेज
  • अन्तर्राष्ट्रिय
  • जो बाइडेनको शपथ समारोह अघि अमेरिकामा ‘हाई अलर्ट’

जो बाइडेनको शपथ समारोह अघि अमेरिकामा ‘हाई अलर्ट’

  • आइतवार, माघ ४, २०७७
जो बाइडेनको शपथ समारोह अघि अमेरिकामा ‘हाई अलर्ट’

अमेरिका सबै ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा २० जनवरीमा हुने ‘इनगरेशन’ अघि सुरक्षा कडा पारिएको छ । यसै समारोहमा जो बाइडेनले राष्ट्रसित पदको शपथ लिनेछन् । सम्भावित हिंस्रक विरोध प्रदर्शनका कारण सबै राज्य अलर्टमा छन् ।

६ जनवरीमा भएको हिंसात्मक प्रदर्शन पुनः पैदा नहोस् भनेर देशभरी नेशनल गार्डको समूह वासिङ्टन पठाइएको छ । एफबीआईले पनि सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीद्वारा सम्भावित सशस्त्र आन्दोलनको चेतावनी दिएको छ ।

डीसीमा नेशनल मललाई बन्द गरिएको छ । कडा सुरक्षाबीच राजधानीका सडकमा ब्यारिकेडिङ गरिँदै छ । बाइडेनको समूहले पहिले नै अमेरिकीलाई कामेरोना महामारीका कारण राजधानीको यात्रा गर्न बाट बच्न आग्रह गरेका छन् ।

स्थानीय अधिकारीले मानिसहरुलाई समारोह आ–आफ्नै घरबाट हेर्न अपिल गरेको छ । ट्रम्प समर्थकले १७ जनवरीमा पनि सशस्त्र आन्दोलनको धम्की दिएका छन् र वासिङ्टन डिसीमा र्याली निकाल्ने पनि बताएका छन् । यद्यपि, केही गुटले सुरक्षाको प्रबन्ध देखेर आफ्ना समर्थकलाई यसबाट टाढा रहन पनि बताइरहेका छन् ।

मेरिल्याण्ड, न्यू मेक्सिको र यूटामा सम्भावित विरोध प्रदर्शन अघि नै आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सिल्वेनिया, मिशिगन, भर्जिनिया, वासिङ्टन र विस्कन्सिनले पनि आफ्ना नेशनल गार्डस्लाई सक्रिय गरिदिएको छ ।

चर्चामा

सम्बन्धित समाचार