शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • उपभोक्ता समिति गठन नगरी काम सञ्चालन गरेको खुलासा

उपभोक्ता समिति गठन नगरी काम सञ्चालन गरेको खुलासा

५० हजार खर्चिएको भन्दै वडा सदश्य कैलाले योजना एकलाैटी गरेकोमा स्थानियको आपत्ति

  • बुधबार, पुस २९, २०७७
उपभोक्ता समिति गठन नगरी काम सञ्चालन गरेको खुलासा

जीवन कैला — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार फैतामा उपभोक्ता समिति गठन नगरी योजना निमाणर्को काम सञ्चालन भएको खुल्न आएको छ । वडा नं चार फैतामा निमाणर् हुन लागिरहेको पन्जीउला सिचाई नहर र सिहाँलगाउँ सिचाई टयाकींका लागि उपभोक्ता समिति गठन नगरी सिधै काम सञ्चालन भएकोे स्थानियले बताएका छन । वडा नं चारका वडा सदश्य संग्राम कैला र भुतपुर्व वडाअध्यक्ष लोकजगं कैलाले दुवै योजना निमाणर्का लागि उपभोक्ता समिति गठन नगरी काम सञ्चालन गरेका खुल्न आएको हो ।

वडा नं चारको फैतामा निमाणर् हुने पन्जीउला सिचाई नहर र तलिफैतामा निमाणर् हुने सिहाँलगाउँ सिचाई टयाकींका लागि उपभोक्ता समिति गठन नगरी एकलौटि ढगंले काम सञ्चालन गरेको स्थानियले आरोप लगाएका छन । वडा सदश्य कैलाले पन्जीउला सिचाई नहर र भुतपुर्व वडाअध्यक्ष कैलाले सिहालगाउँ सिचाई टयाकींका लागि उपभोक्ता समिति गठन नगरी मिलेमोतोमा काम सञ्चालन गरेका स्थानिय उपभोक्ता मंगल कैलाले जानकारी दिए । संघिय सरकारको संसद विकाश कोषबाट विनियोजित ५ लाख बजेट र सुदरपश्चिम प्रदेश सरकारको संसद विकाश कोषको ५ लाख गरी जम्मा १० लाख वजेटको आम स्थानियलाई जानकारी नगरी काम सञ्चालन गरेको स्थानिय कैलाले बताए ।

कैलाद्धयले उपभोक्ता समिति गठन नगरी आफु निकटका केहि ब्यक्तिहरुबाटै काम सञ्चालन गरेको प्रति स्थानियले आपत्ति जनाएका हुन । वर्तमान वडासदश्य कैलाले योजना माग गरे वाफत ब्यक्तिगत ५० हजार खर्च भएको भन्दै योजनाको काम एकलांैटि गर्न खोजेको स्थानियको भनाई छ । जनप्रतिनिधिका ब्यक्तिहरुले आम नागरीकको सल्लाहा विपरीत काम गरेको र ९५ घरधुरीका स्थानियको आखाँमा छारो हाल्ने काम गरेको स्थानियले गुनासो गरेका हुन । आम स्थानियको सर्मथनबाटै योजना निमाणर्को उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि फैतामा त्यसो नगरी आफु निकट र टोलका ब्यक्तिहरुको सल्लाहाले काम सञ्चालन गरीएको छ ।

अहिले आफु निकट टोलका ब्यक्तिबाटै काम सञ्चालन भएको र अन्य लाभान्वीत उपभोक्तालाई पनि नसमेटिएको छ । तिनै तहको सरकारबाट गाउँमा के कति योजना गए, कुन कुन योजना निमाणर् गर्नुपर्ने हो भन्नेमा स्थानियलाई जानकार गराउनुपर्नेमा उल्टै स्थानिय तहका जनप्रतिनिधिबाटै नियम विपरीत कार्य भएको आम स्थानियको आरोप छ । गाउँमा गएका योजनाको उपभोक्ता समिति गठन प्रक्रियाबाटै काम सञ्चालन गर्नुपर्ने स्थानिय सरकारको प्रावधान भए पनि फैतामा त्यसो नभएको पाईएको हो ।

स्थानिय सरकारका जनप्रतिनिधि तथा अन्य जीम्मेवार ब्यक्तिहरुले आफु निकटका केहि ब्यक्तिहरु राखि योजना निमाणर्को काम थालनि गरेका नाम नभन्ने सर्तमा एक जना स्थानियले गरनासो गरे । स्थानिय तहका गैरजिम्मेवार ब्यक्तिले योजना ल्याउनमा आफ्नो ब्यक्तिगत खर्च भएको भन्दै योजना एकलौटि गरेको स्थानियले आरोप लगाएका छन । गाँउका अगुवाहरुले आम उपभोक्तालाई जानकारी नगराई आफु निकटका ब्यक्तिहरुबाट योजना निमाणर् कार्य अगाडी बढाईएको भन्दै स्थानिय आक्रोस बनेका हुन । वडा सदस्य संग्राम कैलाले भने उपभोक्ता समितिले काम नगरेरै पैसा खाने गरेको हुदा आफुहरुले उपभोक्ता समिति गठन नगरेको बताउदै काम सम्पन भएपछि जेठमा मात्रै उपभोक्ता समिति गठन गर्ने बताए । पहिले काम सम्पन्न गर्ने अनि मात्र उपभोक्ता समिति गठन गर्ने उनको भनाई छ ।

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष काशीराम कैलाले भने वडामा आएको योजनाको अनिबार्य उपभोक्ता समिति गठन गर्नु पर्ने हुन्छ, तर फैतामा भने समिति गठन नगरी भकाभक काम संचालन गरेको स्वीकार गरेका छन । उनले काम गर्दा आम नागरीकको सम्झौता र गाउँपालिका तथा वडा कार्यालयको सिफारीस अनिवार्य भएको बताउदै यो प्रक्रिया सरासर गलत भएको समेत दावि गरे । गाउँटोलमा विकास निर्माण गर्दा लाभान्वीत सवै उपभोक्तालाइ जानकारी गराएर मात्र काम सञ्चालन गर्नु पर्नेमा वडाअध्यक्ष थापा बताउछन ।

उसोत यता स्वामीकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी कुमेर बहादुर शाहीले योजना निमाणर् कार्यलाई पारदर्शिता नवनाईएको खण्डमा कानुनि प्रक्रिया अगाडि वढाईने बताए । योजना निमाणर्का लागि आम स्थानिय बाटै उपभोक्ता समिति गठन गरीनुपर्ने बताउदै उहाँले योजना निमाणर् प्रक्रियामा कसैले पनि एकलांैटी गर्न नमिल्ने उनको भनाई छ । जनताको सरकार भनेको स्थानिय जनप्रतिनिधि भएको बताउदै सुचना अधिकारी शाहीले यति जनप्रतिनिधि बाटै योजना एकलांैटी भएको जनगुनासो आएमा कानुनि प्रक्रिया अगाडी बढाईने बताए ।

चर्चामा

सम्बन्धित समाचार