बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा

नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा

  • मङ्लबार, पुस २८, २०७७
नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा

कपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ। मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन।

उक्त समूह निकटका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले गाडीमा ढुंगामुढा गरेको बताइएको छ। बैठक समापनपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। उक्त समूहको खोजी भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार