बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • समाज
  • परिवारको बिचल्ली पार्दै भागिन बाजुराकी रमिता

परिवारको बिचल्ली पार्दै भागिन बाजुराकी रमिता

  • आइतवार, पुस २६, २०७७
परिवारको बिचल्ली पार्दै भागिन बाजुराकी रमिता

 बाजुरा — बाजुराकी रमिता रावल(खड्का) ले परिवारकाे बिचल्ली बनाएर भागेकी छन ।  श्रीमान र श्रीमतिको नाता अजम्बरी हुन्छ ,त्यसैले त भनिन्छ बिहे जिन्दगीमा एक चोटि गरिन्छ र जनम जनम सङ्गै हुने अठोट गरिन्छ। बिहेको मण्डपमा घुम्दै गर्दा आफ्नो पूरा जिवननै एकअर्कामा समर्पित गरिन्छ तर पछिल्लो समय पैसाको लागि आफ्नो प्राण भन्दा प्यारो श्रीमान,छोराछोरी र घरपरिवारलाई अर्कै सङ्गै भाग्ने चलन चलेको छ। हो त्यसैको उदाहरण बनेकी छन बाजुराकी रमिता रावल(खड्का) ।

आज भन्दा करिब ७ बर्ष पहिले अछामको साफेबगर नगरपाली बाट बाजुराको बुढिगङ्गा नगरपालिका १० बदेडाका भिम रावल सङ्ग लगनगाठो कसेकी रमिता अहिले भिमलाइ छोडेर अर्कै केटा सङ्ग भागेकी छिन । गरिबको कारण पैसा कमाएर आफ्नो सुन्दर सपनाहरू सजाउदै छोरो अनुपलाई आफ्नो मावलि घरको जिम्मा लगाएर भिम रमितालाइ लगेर भारतको डिल्लीमा पुगे ।

करिब ३ बर्ष भारतमा दुखसुख गरेर सङ्गै बस्दै आएका भिम रावल र उनको मायालाइ लत्त्याउदै रमिता भने नेपालको बाके जिल्ला बनफटुवा गाबिस घर भएका दिपक गिरि सङ्ग भागेकि छन । उनिहरु 2020 को डिसेम्बर 30 का दिन भागेर गएका र हाल सम्म कुनै अत्योपत्तो लागेको छैन । उनीहरुको यो भुलबस गल्ती भएको भए आएर माफी मागेर गल्ती स्विकार गर्यो भने आफू अझै पनि रमितालाइ स्विकार्न तयार रहेको भिम रावलले बताएका छ। यिनिहरुलाइ यदि कसैले देख्यो भने नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन हुन पनि अनुरोध गरेका छन।

चर्चामा

सम्बन्धित समाचार