मान्छेले गर्भ देखिनै राज नीति गर्दै आएकोछ।आफ्नो शुरक्षाको लागि रक्षाको लागि खानको लागि।त्यो बेला आमाको पेटमा हुर्कियो तर जन्मि सकेपछि त्यो रोयो त्यही आवाज अधिकारको पहिलो आवाज हो।
जानेर गय्रौँ नजानेर गय्रौँ हामिले जन्मे पछि हुर्किनका लागि शंघर्ष गर्दै आयौँ त्यो हामिले गरेको एउटा शंघर्ष हो जस्लाई राजनीति पनि भन्न सकिन्छ।
मानिशले कविला युग आदिम साम्मेवादी युग देखि लिएर अहिले सम्म गर्दै आएको राजनीतिनै त हो।बन जङ्गलका कण्ठमुल र सिखार गरेर पेट भर्ने एउटा त्यो झुण्ड अहिले आकाश पतालको खोजिमा छ।बिस्तारै मानिशले सचेत र संगठित भयर सामाजिक बिकाश गर्दै नयाँ नया चिजहरुको खोज गरेर आज ईतिहाश रच्दै आएकोछ।ज्ञान र बिज्ञानमा धेरै माथि पुगेकोछ टेक्नोलोजीको क्षेत्रमा सफलता हासिल गरेकोछ।तर बिडम्बना आज एउटा बैज्ञानिकले आफ्नो कार्या सुरु गर्ने भन्दा पहिली बुजुर्वा र त्यो असत्यलाई सत्येको जगमा बसालेर कल्पनाको एउटा ढोकस्लामा आफ्नो मेहेनतलाई अगाडि सार्दै ईस्वरको नामलिन्छ र पुजा गर्छ।
एउटा सर्जिकल डाक्टरले मरिजको उपचार गर्न अप्रेशन गर्ने भन्दा पहिले ईस्वरको पुजा गर्छ।यध्यापि त्यो डाक्टरले आफ्नो मिहेनत र लगनले कसैको प्राण बचाएको हुन्छ।तरपनि उस्ले गरेको त्यो सफलतालाई ईस्वरको झोलिमा हाल्छ।का.मार्क्सले १८४८भन्दा पनि पहिले धर्मले मानिसको मष्तिकमा घर गरेकोछ त्यो उनिहरुको लागि अफिमको नशा भन्दा कम छैन।यसलाई छाड्न धेरै समय लाग्छ भनेकाछन।गैलेलियो ले धर्तिलाई गोलछ भन्दा र धर्ति घुम्छ शूर्य अटलछ भन्दा सजाए पाएका थिए।समय बलियो हुँन्छ सत्यको एकदिन पत्ता लाग्छ घामको उज्यालो जस्तै प्रष्ट हुँन्छ।
त्यो पनि सहिर गलत बिचको राजनीतिनै थियो जहिले सम्म गलतको प्रभाब रहिरहयो सत्य छाँयामा पय्रो।तर सत्य त्यो रोसनिहो जस्लाई लामू समय सम्म लुकाउँन सकिदैन।
आदिम सम्मेवादी युग बाट आज यो पुँजीवादी युगमा पनि राजनीति भयकैछ।अहिले जो राजनीति गर्दैछन धेरैले पुँजी बटुल्ने र सुखःको उपभोग गर्ने उदेश्यमा।एउटा बिध्यार्थिले अहिले ज्ञानको लागि भन्दा डिग्रिको लागि पढ्छ त्यो किन भने उस्लाई नोकरी नभैकन जीवन निर्वाह गर्न गारो हुँन्छ।अनि डिग्रि नभयकाले नोकरीमा माग गर्न पनि पाउँदैनन्।त्यस कारण उस्लाई जसरी भयपनि डिग्री चाहिन्छ।यानिकी काम भन्दा डिग्रि प्यारो भयो जसरिभयपनि डिग्री अनिबार्य गराईयो।परिणाम सामने छ
पहिले डिग्रि किन्छ अनि पछि नोकरी किन्छ त्यो सरकारी क्षेत्रमा नोकरी प्राप्त गर्दा सम्म धेरै रकम खर्च गरेको हुँन्छ।अब त्यो सरकारको क्रमचारी भयपछि आफुले गरेको खर्चको कयौँ गुना कमाई गर्ने टार्गेट बनाएको हुँन्छ।त्यो रकम उस्लाई तलबले पुरा हुँदैन र उस्ले भ्रष्टचार सुरुगर्छ।नेताहरुले चुनावमा टिकट पाउँन पैसा खर्च गर्नु पर्छ जित्न त्यो भन्दा कयौँ गुना पैसा खर्च गर्नु पर्छ।अब जितेपछि मन्त्रि बन्नपनि पैसानै लाग्छ त्यो मन्त्रिले अब देश र जनताको लागि भन्दा पनि भ्रष्टचार गरेर पैसाकमाउँन थाल्छ।
त्यसतै प्रकारले पहिलेका राजनेताहरुको एउटा उदेश्य ईमानदारीको पनि हुँनथ्यो तर अहिले त्यो छैन अहिलेता राजनीतिलाई एउटा पेसाको रुपमा अंगिकार गर्न थाले आफ्नो नीजि सुख सुबिधाका लागी।राजनीतिलाई उनैले भ्रष्ट बनाए।जीत्नको लागि मारधाड झुठ फरेब हुँने भयकोले आजको पुलजीवादी राजनीतिक आन्दोलन बद्नाम भयकोछ।
अहिले को मूल राजनीति प्रदिशप्रधा आध्यात्मबाद र भौतिकबाद बिचको ता हो।आध्यात्मवादले पुँजीवादको बकालत गर्दै आएकोछ र भौतिकवादले समाजवादको बकालत गर्दै आएकोछ।तर त्यसमा पनि अहिले छल कपट हुँदैछन भौतिकवादी राजनीतिभित्र बुजुर्वा बिचार धाराका अबैज्ञानिक हुल हुँदै गयकोछ।अहिलेको राजनीतिक अशुद्ध अभद्रको भ्रष्टचार युक्त हुँदै गयकोछ।यो पुँजीवादी जगमा सहि र सत्यताको शंघर्ष गर्न त्यति सजिलो छैन।त्यसैले धेरै आफुलाई कम्युनिष्ट भन्नेहरुलेपनि अवसरबादी राजनीतिक गर्दै यहि पुँजीवादी सुख सुबिधा भित्र रमाउँन थालेकाछन र बर्ग शंघर्ष लाई छाडि सकेकाछन।कयौँले पेसाको लागि राजनीति अप्नाएका छन त्यसकारणले राजनीति दुशित बन्दै गयकोछ।सच्चा क्रान्तिकारी हरुले उनिहरुको भण्डाफोर्ड गरेर देश र जनताको हितमा बर्गशंघर्षको लागि निडर भएर अगाडि बढ्नु पर्ने समयको माग भएकोछ।
बर्ग शंघर्ष त्यागेका नीजि सम्पतिका लागि मरित्य गर्ने अवरबादीहरुले पनि आफुलाई कम्युनिष्टको बेच लगाएर कम्युनिष्टको ‘लोगो’मा हक जमाउँदै आएकाछन।अहिले वास्तबमा भन्नु पर्दा कम्युनिष्ट पार्टिका असलि कर्णधार कम्युनिस्टको छाँया बाट पनि धेरै टाडा छन जो जतिछन उनिहरुपनि अलमलमा परेकाछन।कम्युनिष्टको त अशली बिउ जोगाउँन कठिन भयकोछ।
वास्तबिक अर्थमा जाति जनजाति माथिको बिभेद लाई अनत्य गर्ने लैङ्गिय बिभेदलाई अनत्य गर्ने राजनीतिक धरातल भनेको समाजविदी ब्यबस्थाहो।जस्को लागि गरिब किसान,ज्यामी,कुल्लि कर्मिहरु जो काम सँग जोडिएका श्रमजिवि बर्गको एकताले मात्र ल्याउँन सक्छ।सहि माईनेमा बर्ग शंघर्सको माध्यायमबाट सोशक बर्गलाई अपदस्त गरेर सोशित बर्गले आफ्नो हातमा लिएको साशन शक्तिले मात्रै बहु संख्याक जनताको हकमा काम गर्न सक्ने क्षामता राख्छ।राजनीति त्यो हुँनुपर्छ जस्ले भ्रस्ट सम्रचनालाई ध्वस्त पारेर देश र जनताको हितमा नयाँ ब्यस्थालाई सञ्चालन गर्छ।अहिलेको धेरै जसो राजनीतिज्ञाहरुले “नीति”बिनाको राज गर्ने उदेश्यले जनतामा भ्रम दिएर आफ्नो स्वार्थ पूर्तिका लागि सत्तामा कब्जा जमाउँने गर्दछन।जसरी पनि उनिहरू सत्तामा आएर राज्याको बागडोर आफ्नो हातमा ल्याउँने र ऐयासि गर्ने रणनीतिले प्रेरित हुँन्छन।उनिहरु सँग देश र जनताको हितमा कामको लागि आस गर्नु मात्र मुर्खता हुँनेछ।
अहिले हाम्रो देशको राजनीतिमा काविज धेरै जसो अवसरबादी हरुछन।उनिहरुले सत्ताको लागि अमेल एकता गर्छन अनि आ-आफ्नो स्वार्थमा देशलाई नाङ्गेझार पार्छन जनताको सोशण गर्छन।अहिले हाम्रो देशभित्र त्यहि भयकोछ।आफ्नो स्वार्थमा एकता भए अनि हिसाब नमिलेपछि फुट भयो।
तर उनिहरुको फुटले देश र जनताको लागि ठुलो नोक्सान भयकोछ।यध्यापि उनिहरुको एकता पनि देशको लागि र जनताको लागि थिएन अनिअहिलेको फुट पनि देश र जनताको लागि होईन।
यसरी उनिहरुको नीजि स्वार्थका लागि देश र जनताले ठुलो नोक्सान ब्यहोर्नु परेकोछ।उनिहरुले नै देशमा संघियता जस्तो भयानक रोग ल्याएर देशका टुक्रा पारेका हुँन।बर्गिय आन्दोलनलाई जातिय पटरीमा ढेकलेर पनि स्वार्थ पुरा गर्ने कोसिश नगरेका होईनन्।हिँजो नौलो जनवादि क्रांति को लागि भन्दै बन्दुक बोकेकाहरुले बहुदलिए ब्यबस्थालाई आफ्नो माझिएको र खारिएको राजनीति भनेर बर्गशंघर्ष त्यागेका थिए।अहिले उनिमा समान्यातःपुँजीवादी प्रजान्त्रको समेत नैतिक संकट परेकोछ।
वास्तबमा देशलाई आमूल परिवर्तन चाहिएकोछ जनतालाई पनि त्यो आमूल परिवर्तन चाहिएकोछ तर त्यो आमूल परिवर्तन गर्ने बाहक शक्ति अहिले कोसौँ टाडाछ।त्यसले गर्दा त्यो राजनीतिको बागडोर अवसरबादी बर्गले छोपेकोछ।यो हाम्रो देशको यथार्त राजनीति चरित्रहो।
अहिले देशमा संकटको बेलामा पनि उनिहरुबाट कुर्चिका लागि यस्तो बबाल निम्ताईएकोछ।संसदलाई बिघटन गराएर मध्याब्दि निर्वाचन गर्ने तैयारीमा उनिहरुछन।उनिहरुलाई देश र जनताको थोरैपनि चिन्ता हुँन्थ्यो भने देशमा आएको कोरोना बाट भयका मरिजहरुको औषधी उपचार ठिक सँग गर्ने,संघियता लाई खारेज गरेर देशमा शान्ति शु ब्यबस्थाको बहालि गर्ने भ्रष्टचार र महेङ्गिलाई नियन्त्ररण गर्ने हुनुपर्ने तर अहिले मध्याब्दि चुनाउ थोपेर जनतामा झन बोझ र देशलाई अनिश्च्यातामा ढेकलेका छन,बिदेशीहरुको दलालिमा प्रदिशप्रधा छ।देशलाई सखाफ पार्ने र आफुले मोज गर्ने यिनिरुको राजनीति भएकोछ।