शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ नेतामाथि कारवाही गर्न सिफारिस

नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ नेतामाथि कारवाही गर्न सिफारिस

  • बिहिबार, पुस २३, २०७७
नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ नेतामाथि कारवाही गर्न सिफारिस

धनगढी– नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कारवाही गर्न सिफारिस गरिएको छ।

बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले पार्टी इन्चार्ज रावललाई बर्खास्त गर्दै आवश्यक कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

रावलले बैँक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेको भन्दै आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कारवाही गर्न सिफारिस गरिएको हो।

यस्तै ओली समूहले नेकपा सुदूरपश्चिमका प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई पनि कारवाही गरेको जनाएको छ। यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका ८ जना नेतामाथि समेत कारवाही गरेको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार