शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • देशलाई सिक्किमि करण हुँन बाट जोगाउँ

देशलाई सिक्किमि करण हुँन बाट जोगाउँ

  • मङ्लबार, पुस २१, २०७७
देशलाई सिक्किमि करण हुँन बाट जोगाउँ

अहिले पुषको पाँच गते ओलीले संसद बिघटन गरेपछि देशमा अन्यौलताको बाताबर्ण बनेकोछ।ओली र प्रचण्डको आपसि मतभेदले गर्दा देशलाई जटिल अबस्थामा डोराएकाछन।खास गरेर अहिले संसद बिघटन गर्नुपर्ने कुनैपनि कारण थिएन मात्रै ओली प्रचण्ड गुटहरु बिचको लडाईका कारण ओलीले संसद बिघटन गरेर आगामि बैसाख मा चुनाव गराउँने सिफारीस गरेपछि राष्ट्रपतिको मोर लाग्यो।देशका जनताहहरुले पाँच बर्षका लागि चुनेर पठाएका सासदहरुलाई एकजना प्रधान मिन्त्रले अलोक तान्त्रिक तरिका बाट बिघटन गर्न कसरि मिल्छ?यो एउटा गम्भिर बिषय हो।हुँन ता यसबारे सर्वोच्चको फैहला आउँन बाँकिछ।यसबारे सर्वोच्चको फैसला देश र जनताको हितमा आउँनेनैछ।
यसबारे खासै भन्नु पर्दैन होला तरपनि मोटा मोटी भन्नुपर्दा
असलमा देशको संबिधानमा उल्लेखनै नभयको अबस्थामा यो प्रकृया गलत र असम्बैधानीक त छदैछ अप्रजातान्त्रिक पनि भयको देखिन्छ।
एउटा फासिबादी सैलीमा देशको गरिमालाई अलोकतान्त्रिक प्रकारले खारेज गर्नुलाई सहि भन्न सकिदैन।देशमा कोविड७६को महामारी रोकिएको छैन जनताहरुमा अंझैपनि रोग बढ्दै गयकोले खौफ श्रृजितछ।कोरोनाको ठिक औषधी उपचार नहुँदा जनता पहिलेनै दुखिछन त्यसमाथि अहिले कोरोनाकै कारण उनिहरुको रोजगारी प्रवाशमा पनि खोसिएकोछ।सामन्यतः दैनिक ज्यालामा काम गर्ने मज्दूरहरुलाई काम नमिलेर घरमा अनिकाल जस्तो अबस्था झेल्नु परेकोछ।एकातिर कोरोनाको औषधी उपचार छैन आर्को तिर जनताको पास रोजगार पनि छैन त्यसैमाथी सरकारले कुखुरा बाख्रा र तरकारीमा कर लगाएर पहिलेई दुखि गराएकैछ।
भैन भनेर अहिली मध्याब्दि निर्वाचन थोपेर सरकारले देश र जनतालाई आर्को संकटको तोफा दिँदैछ।
जब संसद बिघटन भयो त्यसपछि एकले आर्काको पोल ता खोलि रहेका थिएनै अहिले कयौँले छिमेकिको दलालि गरेर आफ्नै पोल पनि भटाभट खोल्दैछन।उनिहरुलाई लागेकोछ अब छिमेकीलेनै केहि चमत्कार गर्छ।
पहिले प्रचण्डले नेपालको अबस्था बारे भारत किन मौनछ केहि बोल्दैन भन्दै ग्वारेका थिए र उन्ले संसद बहाल गराई दिएपर आफुले सिमाना बिवादलाई न उठाउँने भनेका थिए।
पछि डा.बाबुरामले पनि अहिले सिमानाको बिबादलाई कोट्यायर छिमेकिलाई न सताउँने कुरा गर्दैछन।बाबुराम त धेरै पहिले देखिनै भारत प्रस्त हुँन यो उन्ले भन्दै नभनेपनि उन्को ब्यबहारले भनिरहेकोछ।उनि प्रधान मन्त्रि भयको ताक यदि बिप्पा पारित नगराए देशनै ‘मर्ज’हुँन सक्ने कुरा गरेका थिए।उन्ले छिमेकीलाई बेला बखतमा गुन लगाउँदै आएको कुरा कसै बाट लुकेकोछैन।
के हाम्रो देश सिक्किमी करण हुँदैछ त?यिनि नेताहरुको ब्यबहारले त्यहि भन्दैछ।देशलाई नव लैण्डुबहरुले घेरेको अहिले प्रष्टै देखिन्छ।ओली स्वयमले पनि ‘रअ’का प्रमुख सामन्त कुमार गोयल सँग भेट भयपछि संसद बिघटन गरेका हुँन। यस बाट एउटा के कुरा बुझ्न गारो पर्दैन भने।देशलाई छिमेकीकै ईसारामा अहिलेको अबस्था सम्म यिनै नेताहरुले डोराएकाछन।
एका तिर छिमेकिले बिस्तारै देशको अर्थ ब्यबस्था कम्जोर बनाउँन यँहाको उद्धोग धन्दालाई डेमैज गराएर आफ्नो मण्डि बनाएकोछ र सुस्त सुस्त नागरिकहरु लाई देशभित्र पसालेर देशलाई फिजि जस्तै बनाउँदैछ।अहिले खास गरेर देशमा संघियता भित्रिएपछि उस्लाई धेरै सजिलो भयकोछ।कहिले राजधानीको लागि जनता लडेकाछन कहिले प्रदेशको लागि।जति धेरै आपसमा कटुता पैदा हुँन्छ उतिधेरै उस्लाई फाईदा भयकोछ।बिगतको खोकलो नागरिका बिध्याकको फाईदा उठाएर उस्ले धेरै नागरिकलाई यँहा भित्राउँन सफल पनि भयको थियो।
एकातिर देशको धर्म निरपक्षियता लाई हिन्दु धर्मको झटारोले वार गरिएकोछ।जस्मा पूर्व राजावादीहरुको पुरै जोडछ।उनिहरुले बिस्व हिन्दुपरिषद समेतको सहयोग लिएर देशमा आएको गणतन्त्र र धर्म निर्पक्षिएतामाथी धावा बोलेकाछन।एका तिर रानीतिक नेताहरुको आपसि मतभेद मनमोटावाको बृद्धि आर्को तिर हिन्दु धर्मको लागि भयको एकताले देशलाई कुन दिशा तिर डोराउँदैछ भन्न गारोछैन।सिक्किमको अबस्था जस्तै आज हाम्रो देशको अबस्था बन्दै गयकोछ।हुँन ता अहिले हाम्रो देशमा बहुदलिए ब्यबस्था छ।सिक्किममा राजतन्त्र थियो।राजा च्वोगेललाई यति कम्जोर बनाएका थिएकी त्यो मात्र एउटा कटपुत्लिको अभस्थामा थियो।
जति बेला सन१९७३मा सिक्किम्मा दुई गुटहरुको आपसमा शंघर्ष थियो त्यो दुबै गुट भारतियका कटपुत्लि गुटहरु थिए।अहिले नेपालमा पार्टी टुक्रिए पनि दुबै गुटहरु सँग छिमेकिको तार छैन भन्न अत्यान्तै गारोछ।यिनिहरुको मात्रै होईन नेपाली काँग्रेस र राजावादी शक्ति पनि यो होडमा छन।
अहिले यदि चुनाव भयोभने राजावादी शक्ति शक्तिशालि भयर आउँने सम्भावना बढिछ।तर एउटा आर्को केकुरा हामिले बिर्सिनु हुँदैन भने जुन पार्टीले छिमेकिले भनेको पुरै स्विकारछ त्यो पार्टीलाई सरकारमा बसाल्ने कोसिश हुँनेछ।
अहिले देशभित्र सही नीति लिएर आन्दोलन गरेको एउटा राजमो बाहेक अरु अपवाद देखिन्छन।कसै कसैले संसदलाई पूनर्गठन गर्ने बिचार र चुनाउँ गराउँने बिचार एउटै हो भनेर संसदको पूनर्वहालिलाई उपक्षा गर्छन।त्यो नीति पनि सहि नीति होईन अहिले सहिनिति बिघटित संसदको पुनर्वहालिनै हो।साथै संघियता खारेजी र भ्रष्टचारमा अंकूश लगाउँनु अहिलेको आबस्याकताहो।
देशलाई सिक्किम हुँन बाट जोगाउँन देशभक्तहरुको एक जुटता अपरिहार्यछ।

चर्चामा

सम्बन्धित समाचार