शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा ११ कामदारको हत्याको जिम्मेवारी आइएसले लियो

पाकिस्तानमा ११ कामदारको हत्याको जिम्मेवारी आइएसले लियो

  • सोमवार, पुस २०, २०७७
पाकिस्तानमा ११ कामदारको हत्याको जिम्मेवारी आइएसले लियो

पाकिस्तानको बलूचिस्तान प्रान्तमा अल्पसंख्यक शिया हजारा समुदायमाथि भएको हमलामा ११ जनाको ज्यान गएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेटले यसको जिम्मेवारी लिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले अमाक समाचार एजेन्सीलाई एक पत्र पठाएर यो हमलाको जिम्मेवारी लिएको छ । यो हमला बलूचिस्तानको राजधानी क्वेटाभन्दा करिब सय किलोमिटर टाढा दक्षिण पूर्वस्थित बोलान जिल्लाको मछ इलाकामा आइतबार बिहान भएको हो ।

अधिकारीका अनुसार यो हमलामा कोइला खानीमा काम गर्ने ११ कामदारको हत्या गरिएको छ । त्यतिबेला कामदार खानी नजिकै बनेको आफ्नो कोठामा थिए । एक सुरक्षा अकिारीले पहिचान लुकाउने शर्तमा समाचार एजेन्सी रोयटर्सलाई भने, ‘सबै कामदारको घाँटी काटिएको छ । उनीहरुको हात पछाडिबाट बाँधिएको छ र आँखामा पट्टी बाँधिएका छन् ।’

ह्वाट्सएपमा सेयर गरिएको एक भिडियोमा तीन शव कोठा बाहिर देखिएका छन् र अन्य शव रगतले लत्पत्तिकएको अवस्थामा भित्रै छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एक ट्वीट गर्दै घटनाको निन्दा गरेका छन् । उनले भने, ‘मछु बलूचिस्तानमा ११ निर्दोष खानी कामदारको निन्दनीय हत्या आतंकवादको अर्को एउटा कायरतापूर्ण अमानवीय कृत्य हो ।’

प्रधानमन्त्रीले भने, ‘प्रहरीलाई यी हत्यारा पक्राउ गर्न र पीडितलाई न्याय दिलाउनका लागि सबै स्रोत साधनको प्रयोग गर्नका लागि भनिएको छ ।’

पाकिस्तानमा यसअघि पनि शिया हजारा समुदायविरुद्ध हिंस्रक हमला हुँदै आएका छन् । यसअघि अप्रिलमा एक बजारमा भएको आत्मघाती बिस्फोटमा १८ जना मारिएका थिए । तीमध्ये आधा हजारा समुदायका थिए ।

आइतबारको हमलाको विरोधमा शिया हजारा समुदायका मानिसहरले क्वेटामा पश्चिती बायपासलाई जाम गरिदिए र टायर बाले । बलूचिस्तान ६० अर्ब डलरको चीन पाकिस्तान आर्थिक करिडोरको केन्द्र हो । पाकिस्तान र अफगानिस्तानमा शिया हजार समुदाय तालिबान र इस्लामिक स्टेट र अन्य सुन्नी मुस्लिम चरमपन्थी समूहको निशानामा पर्ने गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार