शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • संगठन किन कम्जोर हुँन्छ ?

संगठन किन कम्जोर हुँन्छ ?

  • आइतवार, पुस १९, २०७७
संगठन किन कम्जोर हुँन्छ ?

संगठन भन्नाले एउटा समूहलाई जनाउँछ।जस्ले एउटा उदेश्य र लक्ष बोकेको हुन्छ।हामिले वास्तबमा त्यो संगठनको कुरा उठाउँने प्रयास गरेकाछौँ जस्ले मूल रुपमा एउका बर्गको प्रतिनिधित्व गरेको हुन्छ।खास गरेर श्रमजिबी बर्गको समूहको एकताको बारेमा कुरा गर्दा सबै भन्दा पहिले यो कस्तो बर्ग हो र यस्मा कुन कुन र कस्ता प्रकारका ब्याक्तिहरु अटाएका हुन्छन भन्ने बारेमा बुझ्नु पर्ने हुँन्छ।गरिब,किसान,क्रमचारी र बौद्धिक बाक्तित्व लगायत का शंघर्ष शिल ब्याति र एउटा समूह हरुको
एकता खास गरेर एउटा फैक्ट्रीमा काम गर्ने मज्दूर क्रमचारीहरुको एउटा समूह जो त्यो फैक्ट्रीको हकमा त्यहिँ काम गर्ने अधिकारीलाई छाडेर बाँकी क्रमचारीहरुको त्यो कम्पनिको अधिकारीले गरेको शोषणको बिरुद्धको शंघर्षलाई त्यो कम्पनि भित्र मात्रैको मूद्धाको उठान गरेर आन्दोलन गर्ने लेवरहरुको यूनियन हुन्छ।तर एउटा राज्याको हकमा त्यो अधिकारी समेतलाई मिसाएर बनेको समूह हुन्छ जो श्रमजिवीहरुको एउटा समूह बनेको हुँन्छ।अब बर्गिय संगठन भन्दा बित्तिकै काम सँग जोडिएका श्रमजिवि बर्ग जस्मा त्यो कम्पनिको अधिकारी पनि आयो।
यानिकी मज्दूर,किसान,कुल्लि,कर्मि दस्ताकार,लगायतका सबैजसो काम सँग जोडिएका समूह हरुको सँस्थालाई बर्गिय सँगठन भनेर भन्निन्छ।जो समाजमा क्रान्तिकारी हुन्छ।
हाम्रो बिचमा मुख्यतः दुईवटा बर्गहरु छन।
एउटा काम गरेर खाने बर्ग आर्को शोषण गरेर खाने (कजाएर खाने)बर्गको बिचको शंघर्ष लाई बर्गिय शंघर्ष भनेर भन्निन्छ।श्रमजिबिहरु भित्र कयौँ काम सँग जोडिएका बर्ग हुन्छन।जस्तो किसानहरुको समस्या मल,बिउँ सिचाईको र खेति गर्ने औजारको समस्याहरु लाई लिएर शंघर्ष गर्दा यो कुरालाई बिर्शनु हुँदैन जस्ले मल बनाउँछन त्यो फैक्ट्रीमा काम गर्ने मज्दूरहरू पनि आफ्नै बर्ग हो।मल बनाउँने मनेजमैन्ट गर्ने एउटा बर्ग र मललाई त्यैयार पार्ने श्रमजिबिहरु आर्को बर्ग।किसानहरुको लडाई मल बनाउँने त्यो मनेजमैन्ट सँग हो जस्ले मलको लागि धेरै रकम मागेकोछ तर त्यो कम्पनिमा जस्ले मल निर्माण गर्न परिश्रम गर्छ त्यो आफ्नै बर्गको ब्याक्तिहो।त्यो सँग एकताका लागि प्रयात्न गर्नु पर्दछ।अहिले मालिक र लेबरको बिचमा ठेकेदारको आर्को तगारोछ।मालिकहरुले एक पटक ठेक्का दिएपछि मज्दूरहरुको बारे जिम्मा शिद्धिईन्छ।ठेकेदार पनि स्वायम मज्दू बाटै लिएपछि त्यो आफै मालिकको कटपुत्लि हुन्छ।जस्ले गर्दा मालिकलाई कजाउँन सजिलो र मर्दि पर्दाको जवाफ देहिको झमेला पनि सिद्धियो।धनिले एउटा तिरले दुईवटा सिकार गय्रो।
तर राष्ट्रीयताको शन्द्रभमा बर्गिय होईन त्यो बेला देशभक्तको एकताको खाँचो पर्छ।माथि भनेको जस्तो अहिले त्यो शोषक बर्ग सँगपनि देशको लागि एकता गर्नु पर्छ यतिबेला हाम्रो दुश्मन भनेको मात्र दलालहो जस्ले बिदेशको दलालि गर्दछ यानिकी अहिले राष्ट्रीय पूँजीपति बर्गपनि हाम्रो मित्र शक्ति भयकोछ।जस्ले मज्दूरहरुको सोशण गरेर मूनाफा कमाएको हुँन्छ त्यो पनि देशको लागि मित्र शक्ति भयकोछ।
शंघर्षका स्वरुपहरु भिन्दा भिन्दै हुँने गर्छन।र जून सुकै लडाईमा पनि अनूसाशन र एकताको आबस्याकता पर्दछ।एउटा कम्पनिमा काम गर्ने क्रमचारीहरुको माग त्यो कम्पनिले दिएको थोरै तलबको बारेमाछ र तलबको बृद्धिकालागि लडाई लड्नूछ भने त्यँहाको मनेज मैनट्को खिलाफ शंघर्श गर्दा सबै क्रमचारीहरुको एकता हुन सक्छ।तर त्यँही कम्पनिमा काम गर्नेहरुको फिल्डको एउटा यूनियन र आफिसको एउटा यूनियन छ भने त्यँहा क्रमचारीहरुको दुई फाड भयकोछ।र त्यँहा अब एकता भन्दा अलगै क्रमचारीको लागि एउटै बर्गमा शंघर्ष हुन्छ।फिल्डमा गर्ने काम र तफ्तरमा गर्ने काम अलग अलग हुँन्छन।मानिदेउँ हामि फिल्ड एरियामा जनताको बिच काम गर्दा थुप्रै जनताले दप्तरको गलति देखाएर उनिहरुको कारण हामिलाई प्रताडित गर्न थालेभने हाम्रो आक्रोश दफ्तरका कलरकहरुको बिरुद्धामा हुँन सक्छ यद्धापी बर्ग एउटै हो।एउटा प्रबाशिको पनि स्थानिय मज्दूरको भन्दा अतिरिक्त समस्या हुँन सक्छ।यि याबत कुरालाई बुझेर त्यहि हिसाबले श्रमजिबिहरुको हकमा मैत्रिपूर्ण तबरले सन्तूलन मिलाउँन सकिएन भने हाम्रो भर्गिय आन्दोलन कम्जोर हुन्छ।
हाम्रो शंघर्ष बर्गियहो जस्को लागि तमाम श्रमजिविहरुलाई बिस्वासमा लिएर काम गर्नु पर्दछ।देशभित्रको लडाई मात्रै होईन दुनिया भरीको लडाई बर्गिय हो।देशको सवालमा भने हाम्रो आन्दोलनको स्वरुप पनि राष्ट्रीय हुँन्छ।
हामी पुस्तौँ देखि सामन्ति शंस्कारमा हुर्कियौँ हाम्रो मष्तिकमा त्यसको अबशेष थोरै धेरै छ कतै धेरै कतै थोरै छ।त्यसैको परिणाम बेला बखतमा हाम्रो बिचमा झल्किन्छ।उद्धारणको लागि हामि मध्यकै कतिपय क्रार्याक्रताले आफुलाई बढी क्रान्तिकारी देखाउँन आफु जस्तै कार्याक्रतालाई अरुको साम्ने आलोचना गर्ने र आफुले बढी जानेको जस्तै अर्कोलाई देखाउँने प्रयात्न गर्छौ,र आर्कालाई खसाल्ने गर्छौ।जस्ले गर्दा हाम्रो बिचको एकतामा कम्जोरी आउँछ।उस्को त्यो ब्यबहारले आर्काको मनमा ठेँश पुग्छ।त्यो ब्यबहार वास्तबमा सामन्तबादी सोँचको प्रतिबिम्ब हो।हामिले माथिका नेताहरुले पनि गलति गर्न सक्छनर? भनेर अन्धभक्त हुँनु वा उनिहरुले जे भनेपनि मौन समर्थन गर्नु त्यो पनि गलतहो।तर बिरोधका लागि बिरोध गर्नु जाँ पायो त्यँहि आलोचना गर्नु र अन आबस्याक रुपमा फेशबुक र अन्या मिडियाहरुमा उनिहरुको बिरोध गर्नु पनि कम्जोरी हो।जस्ले गर्दा हाम्रो बर्गिय आन्दोलन कम्जोर हुँन्छ।अहिलेको अबस्था सबै आफुजस्तै गरिब किसान ज्यामी आदीहरुको एकताको अत्याधिक खाँचोछ।यो बेलामा कपालको छाला ताच्ने तिर लाग्नु भन्दा आफ्नै भित्र आफै हेरेर भेटाएका कम्जोरी हटाउँने मयलहरुलाई सफा गर्ने र स्वाच बनेर देखाउँनु पर्दछ।
आर्कालाई मैलो भन्दै हिँड्नेहरुले आफ्नो पिठको मयल लाई भेट्न सक्यौँ भने हामि आफै निरोगी हुँनेछौँ भन्ने मलाई लाग्छ।अहिले हाम्रो बिचमा देखा परेका थूप्रै शामन्ति अबशेषहरुले गर्दा संगठन कम्जोर हुँन सक्ने अबस्थाहो।

चर्चामा

सम्बन्धित समाचार