शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • नाइजरः संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु

नाइजरः संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु

  • आइतवार, पुस १९, २०७७
नाइजरः संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु

नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् । रिपोर्टका अनुसार हमलामा २० जना घाइते पनि भएका छन् ।

स्थानीय अधिकारीले बीबीसीसँग टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन् । यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ ।

हालका महिनामा यो इलाकामा छिमेकी देशबाट माली आउने संदिग्ध जेहादीले विभिन्न हमला गरेका छन् । यस्तै समाचार एजेन्सी एएफपीले अधिकारीलाई उद्धृत गर्दै दुई गाउँ हमलाको शिकार भएको र मृत्यु हुनेको संख्या ७० सम्म पुग्नसक्ने जानकारी दिएको छ ।

एएफपीको रिपोर्ट अनुसार जारोमदायेर नामको गाउँ पनि हमलाको शिकार भएको छ जहाँ दर्जनौं मानिसहरुहरु मारिएका छन् । यी हमलामा अहिले नाइजर सरकारले कुनै टिप्पणी गरेको छैन ।

पश्चिमी अफ्रिकी देश नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले पहिले पनि थुप्रै हमला गरिसकेका छन् । गत वर्ष भएको हमलामा सयौंको ज्यान गएको थियो । छिमेकी देश नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले अघिल्लो महिना दक्षिण पूर्वको दीफा इलाकामा कम्तिमा २७ जनाको हत्या गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार