बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • मनले सोँच्छ मुडो बञ्चराले सोँच्छ घुँडो

मनले सोँच्छ मुडो बञ्चराले सोँच्छ घुँडो

  • शनिबार, पुस १८, २०७७
मनले सोँच्छ मुडो बञ्चराले सोँच्छ घुँडो

यो देशमा पहिले राणा त्सपछि राजाहरुले पालै पालो जनताको पौरख र देशको दोहन गरे।जनताले सोचेका थिए बहुदलिय ब्यबस्थामा देश भित्र सुखः शान्ति आउँछ।देशमा बिकाश हुँन्छ र हामिहरुले सुख र चयन सँग आफ्नै देशमा बस्न पाउँछौ।त्यो सपना देखेका जनताहरु निरंकुस तन्त्रको बिरुद्ध बलिदानि पुर्ण शंघर्ष गरे हजारौँ देशका होनहार युवाहरुले आफ्नो बलि चढाएर बहुदलिए ब्यबस्था ल्याईदिए तर बिड्मबना त्यो बहुदलिय ब्यबस्थामा अशान्तिका दूत् हरुको हालि मुहाली हुँदै आयो।उनिहरुको सत्ता लिप्सा क्यारिरिष्ट र अदूरदर्शियताले गर्दा देशको हरिबिगती भयकोछ।तरपनि कयौँ पल्ट ठोक्किदा पनि फेरी उहि गलति गर्दै त्यहि ठोक्किन आएकाछन।जो हाम्रो देशको लागि ठुलो बिड्मबनानै हो।”मनले सोँच्छ मुडो बञ्चराले सोँच्छ घुँडो”भनेको झै्ँ हाम्रो देशमा ठिक त्यस्तै हुँदै आएकोछ।जनताले राष्ट्रीयता जनतन्त्र र जनजीवीका का लागि लगातार बलिदानि पुर्ण शंघर्ष गर्छन ब्यबस्था घुमिफिरी त्यँहि पुगेको हुँन्छ।यसरी देशको ब्यबस्थाले पटक पटक गोल चक्र काट्दै आएकोछ तर गन्तब्य भेटि दैन।
देशमा गणतन्त्र सँगै संघियता भित्राईयो जस्ले गर्दा साडे छे दशक देखिको जन ताको माग”आफ्नो सम्बिधान आफै बनाउँने”जसरी तसरी सम्बिधान सभाको दोस्रो चुनाव पछि सम्बिधान बनेपनि संघियताले गर्दा त्यो ब्यबस्थित रुपमा सँस्थागत हुँन सकेन।संघियता ल्याएको देशको हितमा थिएन त्यो भित्राउँनुको कारण देशको बल्ल बल्ल बनेको सम्बिधान लाई अफाफ सिद्धगर्नु थियो।सम्बिधानलाई बन्नै नदिने प्रयात्न पनि भयो सम्बिधान सभालाई अफसान गर्ने प्रयात्नपनि भयो।बिदेशी शक्तिले हाम्रो देशमा शुख चयन आउँन नदिने यँहाको अर्थ ब्यबस्था लाई सखाफ पार्ने र देशलाई सकेसम्म छिट्टै सिक्किम बनाउँने न सके फिजि बनाई राख्ने र त्यहि फिजिको बाटो बिस्तारै सिक्किम पुराउँने योजनानै थियो।
त्यसैले गर्दा देशमा पटक पटक गतिरोधको अबस्था श्रृजना हुँन्छ।अहिले देशमा कोरोनाको कहरछ आम जनतामा खौफ श्रृजित भयकोछ।औषधी उपचार नपाएर जनताहरु त्राहि-त्राही छन।यस्तो देशको अबस्थामा पुषको ५गते ओली ज्यू ले दुई तिहाई बहुमत को सरकारलाई संसद समेत बिघटन गरेर बैसाखमा निर्वाचन गराउँने सिफारीश गर्नु भयकोछ।उन्ले सरकारलाई बिघटन गरेपछि प्रचण्ड तुरुन्तै भारतको सरणमा ग्वार माग्न पुगेकाथिए।परिणाम उनि भारत मा गएर फर्किएपछि उन्ले आफ्नो भबिश्य नेपाली काँग्रेशमा देख्न पुगेकाछन।पुष्पकमल दहालले अब आउँने आम निर्वाचन काँग्रेस सँग तालमेल गरेर लड्ने ईसारा गरेकाछन।उन्ले अहिले देशको सरकार नेपाली काग्रेसको भारि बहुमतको हुँने अड्कल गरेकाछन।वा छिमेकीले उन्लाई त्यो बाटो देखाएकोछ?अहिलेको अबस्थामा बिघटित संसद बहाल भयपनि वा बैसाखमा मध्याब्दि चुनाव भयपनि जनताको समस्या हल हुँनेछैन।जनताको समस्या त नौलो जनवादी क्रान्ति र समाजवादी ब्यबस्थामा गएर समाधान होला।
तर पनि के हाम्रो समस्या समाजवादी ब्यस्थामा गएर मात्रै समाधान हुँन्छ भनेपछि हामिले अब समाजवाद भन्दा तलका सबै ब्यबस्था बहिस्कार गर्ने त?वास्तबमा कम्युनिष्टहरु सौ प्रतिसतको लागि लड्छन तर यदि एक प्रतिसत लाई हासिल गर्न सकिन्छ भने त्यहि एक प्रतिसतमा टेकेर उनानसौ प्रतिसतका लागि शंघर्ष गर्नु पर्ने हुँन्छ।अहिले प्रधान मन्त्रि केपि शर्मा ओलिले असम्बैधानीक अमरियादित,र तानासाहि पुर्ण तबरबाट संबिधान बिघटन गरेकाछन।उन्लाई थाहाछ देशको अबस्था जटिलछ र बैसाखमा चुनाव गर्न सजिलो छैन त्यहिनुसार उन्ले आफ्नो स्वार्थ पुर्ति गर्न र लामूसमय सम्म कुर्चिमा बिराजमान हुँन चुनावलाई लम्बाउँदै जानेछन र त्यो अबधिभरी खरिद फरोखको राजनीति गर्दै जानेछन।
अहिले देशको अबस्था जटिलछ र यो मध्याब्दि निर्वाचनमा करौडौँ खर्च हुँनेछ।यो मध्याब्दि चुनावको खर्चले देशमा आएको यो महामारी कोरोनाबाट पिडित परिवारलाई केहि राहत दिन सक्किन्थ्यो।जनताको यो महामारिबाट केहि उद्धार हुँन सक्थ्यो।तर ओलिले देशमा बिना कुनै कारण आपसको खिचलोले चुनाव थोपेर देशलाई हरिकंगाल गराउँन थालेकाछन।कतिपयले संसदको पुर्नबहाली को माग लाई ठिक छैन अहिले तत्कालमा क्रान्तिको शंखनाथ गर्नु पर्छ जस्ता धाग लगाएर देशलाई झन ठुलो संकटमा हाल्न खोजेकाछन। आर्को तिर प्रतिगामि तत्वले धर्मनिरपक्षतालाई खतम पार्न कथित हिन्दुधर्मको वकालत गर्दै आएकाछन।जस्ले गर्दा अहिले धर्मनिरपक्षियत र गणतन्त्र समेतलाई खतरा छ।राजवादीरुले हिन्दु धर्मको बकालत गर्दै आएकाछन।
अहिलेको सहिनीति बिघटित संसदको पूर्नबहाली र संघियताको खारेजी गर्नुहो।देशमा भढ्दै गएको भ्रष्टचारी र काला बजारीको बिरुद्धमा र संघियताको खारेजी र संसदको पूर्नबहालिको माग गर्दै आन्दोलन गर्ने अहिले सबैको जिम्मेवारी हुँनेछ।
अहिलेको यो अबस्थामा सबै देशभक्त जनतात्रिक शक्तिहरुको एकमना एकता गरेर देशमा आएको यो संकटको समाधान गर्नु पर्दछ।

चर्चामा

सम्बन्धित समाचार