• होमपेज
  • सुचना प्रबिधी
  • अबको तीन दिनको मौसम कस्तो रहला ?

अबको तीन दिनको मौसम कस्तो रहला ?

  • बिहिबार, पुस १६, २०७७
अबको तीन दिनको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यसैगरी, अहिले देशभरका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष १६ गते (बिहीबार)

दिउँसोः प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १७ गते (शुक्रबार)

दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १८ गते (शनिबार)

दिउँसोः लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यता, सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार