बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीको हित बिपरीत गए जिल्लाका अध्यक्ष सचिवलाई कार्बाही हुन्छ नेता शाह

पार्टीको हित बिपरीत गए जिल्लाका अध्यक्ष सचिवलाई कार्बाही हुन्छ नेता शाह

  • बुधबार, पुस १५, २०७७
पार्टीको हित बिपरीत गए जिल्लाका अध्यक्ष सचिवलाई कार्बाही हुन्छ नेता शाह

बाजुरा — नेकपा प्रचण्ड, माधव समुहका केन्द्रीय सदस्य प्रकाश शाहले जिल्लाका अध्यक्ष सचिव लगायत जुनसुकै सदस्यहरुले पार्टीको हित बिपरीत काम गरेमा कार्बाही गर्ने बताएका छन । जिल्ला सदरमुकाम मार्तडीमा आयोजीत पत्रकार सम्मेलनमा नेता शाहले यस्तो बताएका हुन ।
जिल्लामा गरिएका कार्यक्रमहरु र पार्टीको बिस्तारीत बैठक बारे गरिएको पत्रकार सम्मेलन मार्फत नेता शाहले नेकपा बाजुराका अध्यक्ष काली बहादुर शाही र सचिव भरत बुढालाई पहिलो पटक पार्टीले क्षमा गरेको छ फेरी कुनै पनी पाटीको हित बिपरीत काम गरेमा कार्बाहीको पक्रिया अगाडी बढाउने बताएका छन । केपी ओलीले देश र जनताको हित बिपरित काम गरेकोले यो कुरा केपी ओलीलाई क्षमा नुहने नेता शाहले बताए । देशको दुई तिहाईको सरकारलाई गरिएको घातक निणर्यका बिरुद्ध जिल्लाका कुनै पनी नेता कार्यक्रताहरुले बिचलन नुहन समेत नेता शाहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
नेपाल कम्नीयुष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमीटीद्धारा पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ । नेकपा बिभाजन पछि जिल्लामा पनी नेकपा माधव प्रचण्ड समुहले पनी आफ्ना गतिबिधीका बिषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
नेकपा नेता गगन रावलको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य तथा सुदुपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाह प्रमख अतिथि रहेको कार्यक्रममा नेकपा नेता केशव बिक महेश शाही निर बहादुर शाही लगायतका नेताहरुको उपस्थिती रहेको थियो । नेकपा प्रचण्ड माधव समुहका नेता गाेरख शार्कीले संचालन गरेकाे पत्रकार सम्मेलनमा  जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार