शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धर्म-संस्कार
  • बुधबारको राशिफल हेर्नुहोस्

बुधबारको राशिफल हेर्नुहोस्

  • बुधबार, पुस १५, २०७७
बुधबारको  राशिफल हेर्नुहोस्

विसं. २०७७ साल पौष १५ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पूर्णिमा, ०४ घडी ३२ पला, बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आद्र्रा, ३० घडी ५७ पला, बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त पुनर्वशु । योग–ब्रम्ह, २४ घडी १५ पला, बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त ऐन्द्र । करण–बव, बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त बालव, बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन ।

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५३ पला । योमरी पुन्ही । तमु ल्होसार । उँधौली पर्व । धान्य पूर्णिमा । गैडु पूजा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साहजनक प्रगती नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरीको यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाईलो बसाईंमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचारको खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आम्दानीका बाटाहरु एक्कासी बन्द हुँदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । विवादित विषयहरुको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछी परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरेपनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेको छ । चाहेका वस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपूर्ण अवसरहरु गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ती तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ, काम गर्दा ध्यान दिन जरुरी देखिन्छ । तरपनि बैंक तथा वित्तिय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसायिक यात्रा हुने भएपनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जाने छैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन सक्छ तथा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागी हुने योग रहेको छ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धी मुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार