बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धर्म-संस्कार
  • आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

  • बुधबार, पुस १५, २०७७
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

विसं २०७७ साल पौष १५ गते । बुधबार । इस्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मङ्सिर शुक्लपक्ष । तिथि–पूर्णिमा,  ०४ घडी ३२ पला,  बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आद्र्रा,  ३० घडी ५७ पला,  बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त पुनर्वसु । योग–ब्रह्म, २४ घडी १५ पला,  बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त ऐन्द्र । करण–बव, बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त बालव, बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५३ पला । योमरी पुन्ही । तमु ल्होसार । उँधौली पर्व । धान्य पूर्णिमा । गैडु पूजा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायालयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाज सेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दा हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोत बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रूपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइलेखाइ भने थाँती रहनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) ः आम्दानीका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रूपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिना कारण विवाद हुने योग रहेको छ । चाहेका वस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)

ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धि मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रूपैयाँ पैसा हराउन तथा लुटिन सक्छ । ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) व्यावसायिक यात्रा हुने भए पनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको फेस गर्नु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाको सामना गर्नुपर्नेछ । विलाशी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा सङ्कटको सामना गर्नुपर्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णय पछिका लागि सार्नु नै उपयुक्त हुनेछ किनकि आज आउने फैसला तपार्इंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिए पनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागि हुने योग रहेको छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  राजनीतिकर्मी तथा समाज सेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

चर्चामा

सम्बन्धित समाचार