सुरेशकुमार पान्डे। गोबरधन अत्यान्तै सोझा एउटा गरिब किसान हुँन।उनि आध्यात्मक बादमा आस्थावान छन,स्वर्ग नर्क पूनर्जनम र पूर्वजनमको बारेमा बिस्वास गर्ने एउटा आदर्शवादी ब्याक्तिको नाम हो गोबर्धन।उन्ले आफ्नो आमा बाबालाई पनि अत्याधिक मायाँ गर्छन।उन्को बुबाको अल्पायुमै निधन भयो।त्यो बेला उन्ले आफ्नो बाबाको काजकृयामा सक्या सम्म दान पुँन्य गरेका थिए।
घरमा आफु र आफ्नो बृद्धा आमा बस्छन उनि अहिले अबिबाहितनै थिए।जिम्माल बाजेको खेत बारि मा पनि उनैले काम गर्थे आफ्नो जमिन थोरै थियो जसबाट छे मैना खान पुग्दैनथ्यो।तर पनि उनि बिदेशमा गयनन् आफ्नै गाउँ ठाउमा किसानी काम गरेर आफु र आमाको भरणपोषण गर्दथे।
एकदिन धौले बह्रामण बिहानै गोबरधन का घरमा टुप्लुक्कै आई पुग्छन!गोबरधनले खुट्टामा ढोग गर्दै कसिरी पाल्नु भयो गुरु बर!भनेर सोध्छ।
त्यत्तिकै बाबुलाई भेट्न आएको!धौलेले भन्छन।उनि बढो चत्तुर बह्रामण जातका ब्याक्ति हुँन।जस्ले सदै गोबरधनहरुको घरमा पुजा श्रर्द्धा आदि धार्मिक कार्या गराई दिन्थे।गोबरधनले दलानमै एउटा गुन्द्रि बिच्छाएर बसल्छन।धौलेको नजर गोबरधनको भर्खर ब्याएको लालकु गाई तिर पर्छ उस्ले अति शुन्दर बाच्छि पाएको भर्खर पन्द्र दिन भयको थिए।उस्ले त्यो गाई हात पार्ने जमर्को गर्छ।
गोबरधन!आज राति तिम्रा बाबालाई भेटेको मैले सपनिमा!भन्दै खिसिक्क हाँस्छन।होर?के भन्नु हुँन्थ्यो मेरा बाबाले?उँहा कस्तो हुँनु हुँन्छ?गोबरधन खुसि हुँदै धौले को मुख ताक्छ।कुरा सुनेर भित्र बाट गोबरधनकी आमा पनि नजिकै आएर बस्छिन।एकदम ठिक थिए तर बाबु सबै ठिक ठाक भयपनि उन्ले निस्तै खाना खाएको देखेँ मैले भनेर भन्छन।गोबरधन अति चिन्तित देखिन्छ उस्ले मनैमन मा आफ्नो बाबा लाई दुनो गाई दान गर्ने निधो गर्छ।हजूरको फेरी कहिले सवारी होला गुरुबर?गोबरधनले सोध्छ।जैले बोलाएपनि आउँछु बाबु काम परे!धौले ले भन्छन।त्यसो भय भोलिनै आउँनुस है बिहानै!गोबरधनको कुरा सुनेर मनमनै हर्षित हुँदै!भोली नै आउँने?आश्चार्या प्रकट गरेझैँ गर्छन।हजूरले भ्याय सम्म आउँनु होला बिहानै थोरै पुजा गर्नुछ!गोबरधनले भन्छ।हौश भन्दै त्यो धौले साहु जान्छन र भोलि पल्ट बिहानै आउँछ।
त्यो दुनो गाई गोबरधनले बाउनलाई दानगर्छन धौलेले गाई लिएर जान्छ।अब केहि दिन पछि धौले बाहुँन फेरी टुप्लुक्कै आउँछन।गरुबर हाम्रो बाबाले अब त निस्तै खानु परेको हौन नी ?परेको छैन बाबु तिमिलाई कति माया गर्दा रैछन!उनि खुसिछन तर पानी सिम सिम आएको बेलामा चुत्रुक्कै रुजेका भने थिए है!धौले ले भन्छन।उस्ले एउटा नयाँ छाता झुण्डाएको थियो त्यो पनि धौले लाई दिन्छ।अनि उस्ले छाता ओडेर जान्छन।केहि दिन पछि फेरी त्यस्तै प्रकारले जुताको अनि कपडाको बारेमा भन्छन त्यो पनि दिन्छन।छोरा होश त गोबरधन जस्तो जस्ले आफ्नो बाबाको लागि यति राम्रो दान पुनगर्दैछ भन्दै तारिफ गर्दै हिँड्यो।
केहि मैना पछि फेरी धौले बह्रामण फेरी आउँछन।आज पनि तिम्रो बुबालाई देखेँ तर बुढा भयका त्यो स्वर्गको उक्कालोमा सकि नसकि हिँड्दै थिए बिचरा!भन्दै लामू स्वास फेर्छ।होर?गुरुबर स्वर्गमा पनि उक्कालो हुन्छर?किन नहुँने बाबु ओरालो उक्कालो जतापनि हुँन्छ!धौले ले भन्छ।अब यति सबै दान गरिदिएपछि अन्तिम पटक एउटा घोँडा पनि दान गर बाबु!भन्दै बुढाले अराउँछन र उनि बिदा हुँन्छन।
गोबरधनले त्यो घोडा त कतैबाट किन्नु पर्दथ्यो त्यसको लागि आफुले काम गर्ने जिम्मालका घर जान्छ र जिम्माल बा सँग आफ्नो बाबा लाई घोडा दान गर्ने कुरा सुनाउँछ।जिम्माल बाजे मलाई केहि धन सापट दिनुश!भन्दै आफ्नो बाबा स्वर्गमा उक्कालो चडेको कथा भन्छ।
गोबरधन तिम्रो बाबा लाई हामिहरुले कल्टुङ खोलामा पोलेर खरानि पारेर त्यो खरानि समेत बगाएका हौँ।अब उन्लाई केको घोडा चाहियो?त्यो धौले बह्रामणले तिमिलाई उल्लू बनाई राखेकोछ।अनि तिमि बनि रहेकाछौ।घोडापनि कसैले दान गर्छ?उस्ले भन्छ।होईन तिनि बाहुँन गतिला छन उन्ले मेरा बाबालाई भेटाएर आउँछन।गोबरधनले कुरा थप्छ र आफुले घोडा दिने निर्णय गर्छ।त्यसो भय एउटा काम गरे मैले घोडा किन्दिन्छु पहिले उसँग एउटा कुरा राखे!हुँन्छ?जिम्मालले भने।हौश भन्नुस!गोबरधनले सोध्छ।उस्लाई भने घोडाको पाया खुट्टा राख्ने तताएर डाम लगाएपछि बल्ल मलाई मिल्छ भनेर बाबाले भन्नु भयो भने त के भन्छ।जिम्मालले भन्छ।
उ पनि राजि हुँन्छ र धौले आएको बेला उस्ले घोडा दान गर्ने तर मलाई जब मिल्छ घोडाको पाया तताएर दान लग्ने मान्छेलाई डामेर बल्ल दिन नत्र मलाई मिल्ने छैन भनेर मेरो सपनामा म सँग बाबाले भन्नु भयो भनेर भन्नुभयो बाबाले मँसँग!उस्ले भन्छ।गोबरधनले पनि ठिक त्यहि गर्छ।गुरु बर आज मलाई सपनामा मेरा बाबा देखिनु भयो!होर?धौले आश्चार्य हुँदै भन्छ।हजूर उँहाले भन्नु भयो घैडाको दान जस्ले लग्छ त्यसलाई घोडाको पायाले तातो गराएर डामनु पर्छ नत्र मलाई मिल्दैन!भनेर भन्नु भयो अब केगरम ?उस्ले मलिन हुँदै भन्छ।आगामा त्यो पाया रातो गराएको थियो।होईन काँ होला त्यस्तो मरेकोले पनि भन्छन होईन बा मलाई दिनु पर्दैन दान मैले त त्यतिकै भनेको हुँ!तिम्ले दिएको जूता कपडा,छाता गाई सबै मै सँग छ।मैले त तिमिलाई त्यतिकै भनेको हुँ मलाई घोँडा चाहिदैन भन्दै त्यँहा बाट भाग्छ।जिम्मालको त्यो जुक्तिले गोबरधनको बल्ल हौश आउँछ।(कथा र पात्र का नाम सबै काल्पनिक हुँन कसैको नाम र नीजि जिवनी सँग मेल खान गयमा सञ्जोग मात्र हुँनेछ।