शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • हाडे ओखरलाई दाँते ओखरका बिरुवा भनेर ठग्न खोजेपछि…

हाडे ओखरलाई दाँते ओखरका बिरुवा भनेर ठग्न खोजेपछि…

  • आइतवार, पुस १२, २०७७
हाडे ओखरलाई दाँते ओखरका बिरुवा भनेर ठग्न खोजेपछि…

बैतडीमा एक कृषकले सुख्खा फलफूल विकास केन्द्रलाई नै ठग्न खोजेको घटना बाहिर आएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ मा रहेको बासुलिंग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएका थिए।

तर उनको झुट केन्द्रले समातेपछि उनलाई कारवाही गरिएको छ। अब उनको निजी नर्सरीबाट बिरुवा बिक्रि गर्न नपाइने भएको छ।

नर्सरीबाट उत्पादित बिरुवा बिक्रिमा रोक लगाइने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए।

सुख्खा फलफूल विकास केन्द्रले जिल्ला स्थित सबै नर्सरीको सूची बनाएर बोटविरुवा विक्रिका लागि सहजीकरण गर्दै आएको छ। सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको उनले बताए।

हाडे ओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुख्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्याइएको थियो। ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरी धनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताए।

बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुख्खा फलफूल विकास केन्द्रबाट वर्षेनी हजारौं हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्रि हुने गरेका छन्।

बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा विक्रिका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न सुख्खा फलफूल विकास केन्द्रले सबै नर्सरीलाई सचेत समेत गराएको छ। यदी त्यस्तो गरेको भेटिएमा कानुन अनुसार कारवाही समेत हुने केन्द्रले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार