• होमपेज
  • मनोरञ्जन
  • बाजुराका देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा ( भिडीयाे सहित )

बाजुराका देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा ( भिडीयाे सहित )

  • बिहिबार, पुस ९, २०७७
बाजुराका देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा ( भिडीयाे सहित )

बाजुरा —  लोक देउडा गायक देव बहादुर बोहराको स्वरमा पहिलो लोक गीत सार्वजनिक भएको छ । गौमुल गाउँपालिका घर भएका लोक देउडा गायक बोहराको स्वरमा बजारमा आएको यो लोक गित पहिलो हो । उनले यस अघि मार्तडी बजार नाम देउडा गीत दर्शकमाझ ल्याईसकेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकमा सुरक्षागार्डमा कार्यरत समेत रहेका गायक बोहरा पछिल्लो समयमा कलाकारितामा समेत जम्न थालेका छन् । उनले यस अघि ल्याएको देउडा गीत पनि निकै चलेको थियो ।गीतमा देब बोहरा र दिपा बोहराको स्वरमा रहेको आमा नामक लोकगीत बुधबार अस्मिता म्युजिक युट्युव च्यानल मार्फत बजारमा आएको हो ।

राजेन्द्र रावत एचडि गुदु ओली, करिस्मा रावल, र कृष्ण रोकायाको गीतमा अभिनय देख्न सकिन्छ । गीतको छायांकन विरेन्द्र सिंहले गरेका छन् । बडीमालिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको छायांकन धनगढीको गोदावरीमा गरिएको हो । गीतको शव्द संगीत र निर्देशन राजेन्द्र रावत एचडिले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार