१. डर छ सहरमा,
लखेट्न थाल्यो कोरोना
अध्ययन गरुँ कसरी?
२. आँए है कलेजमा,
गेट खोल्नु पाले दाइ
स्यानिटाईजर लाको छु।
३. हुने भन्छन् परीक्षा,
बिर्सेछु पढाको सबै
खै कस्तो होला प्रतिफल?
४. कस्लाई पो दिऊँ खै,
मेरो यो कोमल मन
जता दियो उतै घोचिन्छ ।
५. सोच्दै छु रे भविष्य
ध्यानै छैन अरुतिर
गोठाला लागेका मेरा बा !
६. पार्टी भित्रै यो गति
कोरोना छ निर्विरोध
अब के मा पो हाल्ने भोट !