• होमपेज
  • समाज
  • प्रतिनिधिसभा विघटनको बाछिटा सुदूरपश्चिम प्रदेश सरकारमा, २ मन्त्रीको पद ‘धरापमा’

प्रतिनिधिसभा विघटनको बाछिटा सुदूरपश्चिम प्रदेश सरकारमा, २ मन्त्रीको पद ‘धरापमा’

  • मङ्लबार, पुस ७, २०७७
प्रतिनिधिसभा विघटनको बाछिटा सुदूरपश्चिम प्रदेश सरकारमा, २ मन्त्रीको पद ‘धरापमा’

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले पुस ५ गते आफ्नो फेसबुकमा स्टाटस लेख्दै  भने, ‘नेपालको संविधान २०७२ ले दुई वर्षसम्म सरकारका बिरुद्ध अविश्वास प्रस्ताव ल्यउन नपाइने प्रावधानका कारण त्यो दुई वर्ष पूरा भए लगत्तैदेखि सरकारलाई काम गर्न नदिएर अस्थिरता सृजना गर्ने काम निरन्तर जो हुँदै आइरहेको थियो, त्यसैको परिणाम आज प्रतिनिधिसभाको बिघटनको सिफारिस भएको छ।’

आखिर यदाकदा व्यक्त गरिएको भय सत्य भइदियो , ‘ओली-भण्डारी मिलेमतोमा’ प्रतिनिधिvसभा विघटन भइदियो। फलत: मन्त्री बोहरा सम्बद्ध नेपाल कम्युयिष्नष्ट पार्टी (नेकपा) पार्टी नै विभाजन भयो। बोहराका लागि सायद यो अकल्पनीय परस्थिति हो। तर अहिले प्रदेशमा ओली समूह पक्षधर मानिने मन्त्री बोहराको मन्त्री पद नै धरापमा परेको देखिएको छ। प्रदेश सरकारमा ओली पक्ष कमजोर देखिएपछि उनको मन्त्री पद नै जोखिममा परेको देखिएको हो।

प्रदेश सांसद पनि दुईतिर

राष्ट्रिय राजनीतिमा आफ्नो पकड कायम राखेका नेकपा नेताद्वय भीम रावल र लेखराज भट्टकै सुदूरपश्चिम प्रदेशको नेकपामा दबदबा छ। नेता रावल नेकपाको प्रचण्ड–नेपाल खेमा अन्तरगत सक्रिय देखिएका छन्।
प्रचण्ड निकट मानिएका नेता भट्टले भने यतिखेर ओली क्याम्पमा आफ्नो डेरा जमाइरहेको देखिएको छ। उनी सुदूरपश्चिम प्रदेशमा कमजोर देखिन थालेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ जना मध्ये नेकपाका ३९, नेपाली काँग्रेसका १२ र राजपाका २ जना प्रदेशसभा सदस्य छन्। ३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना आफ्नो समूहमा रहेको दाबी भीम रावल पक्षले गरेको छ।

प्रचण्ड–नेपाल निकट, भीम रावल पक्षका एक प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने, ‘हाम्रो पक्षमा स्पष्ट २ तिहाइ बहुमत छ। ओली समूह अल्पमतमा भएकाले उनी पक्षीय मन्त्रीको पद समेत धरापमा परेको छ।’

अहिलेसम्म भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन थापा र नेपालु चौधरी ओली पक्षमा खुलेका प्रदेशसभा सदस्य हुन्।

तर आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा, प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य कुलवीर चौधरी, लालबहादुर खड्का, मानबहादुर सुनार, कुन्ति जोशी, लिलाधर भट्टसहितका प्रदेशसभा सदस्य ओली खेमातिर ढल्किएको आशंका गरिएको छ।
स्रोतको आशंका अनुसार भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराको मन्त्री पद धरापमा छ नै, आर्थिक मामिला तथा योजना मन्त्री बोहराको पद पनि धरापमा पर्ने देखिन्छ। पार्टी नै विभाजनको अवस्थामा पुगेपछि सुदूरपश्चिममा बलियो देखिएको प्रचण्ड–नेपाल समूहले निकट भविष्यमै आफ्नो विपक्षमा रहेका देखिने ओली पक्षधर २ मन्त्रीलाई हटाउने निश्चित छ। यद्यपी मन्त्री झपट बोहरा यसवारे प्रतिक्रिया दिन मानेका छैनन्।

‘राजनीतिक घटनाक्रमले मर्माहत’
आर्थिक मामिला तथा योजना मन्त्री बोहराले भने, ‘म दुःखको घडीमा छु, किनकी पार्टीले जनता सामु गरेको प्रतिवद्धता पूरा गर्न सकेन। म कुन खेमातिर भन्ने सवालमा म के भन्न चाहान्छु भने, अहिले कित्ताको कुरा गौण हो। म अझै पार्टी एकताको पक्षमा छु ।

‘मर्माहत छु, चोटका अवस्थामा छु।यदि पार्टी विभाजन भइ नै हाल्यो भने निर्णय लिनै पर्ला। किनकी मैले, कि राजनीति गर्दैन भन्नुभर्यो, या म फलाना कित्तामा छु भन्नुभर्यो। तर माथि नै पूर्णरुपमा नटुंगेको अवस्थामा म अझै एकताकै पक्षमा उभिएको छु।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि राजनीतिक वृत यतिबेलानिकै तातेको छ। सुदूरपश्चिम प्रदेश सरकारको समिकरणवारे पनि टिकाटिप्पणी बढेको हो।
अर्कोतिर विपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी सुरुदेखि नै संसद विघटनको विरोधमा उत्रिएका छन्। जुनकारण सुदूरपश्चिम प्रदेशमा ओली पक्षको हुन सक्ने सत्ता समिकरणमा राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसको साथ नपाउने सम्भावना उत्तिकै बढी छ। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार