• होमपेज
  • ब्रेक्इङ न्युज
  • एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने ओली समूहको निर्णय

एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने ओली समूहको निर्णय

  • मङ्लबार, पुस ७, २०७७
एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने ओली समूहको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण गराएका छन् । ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए। घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्। यस्तै केन्द्रीय समिति हाल १ हजार ३ जनाको रहेको भने पछि ११९९ सदस्यीय बनाइने छ ।

यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई चयन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार