नाङ्गिएको नजर

  • मङ्लबार, पुस ७, २०७७
नाङ्गिएको नजर

निडर छे उ
थाहा छ उसलाई
किनकि तँ
आफ्नै आमाको
वस्त्र चिथोरेर
आफ्नै आमा माथि जोतिन
र उत्तिकै सिपालु छस्
त्यही आमाको गर्भ तुहाउन
वाह सरकार वाह

याद राख्
तैँले जति चिरेपनि
जति जोतेपनि
थाक्दिने उ
थाहा छ उसलाई
अब मेरो गर्भबाट
बलात्कारी नै जन्मिनेछ
तर बिर्सेकी छैन
कि यो मेरो कर्तव्य हो
देशको सपथ खाएर
आफ्नो कर्तव्य बिर्सने बुख्याचा
वाह सरकार वाह

बाध्यताले बेचिन बसेकी
वेश्याको जति मुल्य छैन
आमाको औषधी जोहो गर्न
जिम्मेवारी बहन गर्न
नाङ्गिएकी उ सुन्दर देखिन्छे
तर तँ वस्त्रमा पनि
कुरुप र नाङ्गो लाग्छ मलाई
आफ्नै पवित्र भुमिमा
नाङ्गो नाच देखाउने नर्तक
वाह सरकार वाह

खै मेरो नजर नाङ्गो हो या सरकार नाङ्गिएको हो ?

चर्चामा

सम्बन्धित समाचार