• होमपेज
  • समाचार
  • कार्ड बिना यसरी निकाल्न सकिन्छ एटीएमबाट पैसा

कार्ड बिना यसरी निकाल्न सकिन्छ एटीएमबाट पैसा

  • आइतवार, पुस ५, २०७७
कार्ड बिना यसरी निकाल्न सकिन्छ एटीएमबाट पैसा

अब कार्ड बिना नै एटीएमबाट पैसा निकाल्ने सुविधा लक्ष्मी बैंकले ल्याएको छ। बैंकको मोबाइल एप प्रयोग गरेर एटिएम बुथमा कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ।

उक्त सुविधाका लागि बैंकको मोबाइल बैंकिंङ एप ‘मोबाइल मनी’ र आफ्नो मोबाइलमा सो सेवा सब्स्क्राइब गरेको हुनुपर्ने छ। बैंकले ल्याएको उक्त प्रविधिले गर्दा ग्राहकले अब एटिएम कार्ड बोकी राख्न नपर्ने भएको छ।

यस्तो छ तरिका
यति गरिसकेपछि तपाईले आफ्नो फोनमा (मोबाईल मनीमा दर्ता भएको नम्बरमा) ‘ओटिपि कोड’ एसएमएसको रुपमा प्राप्त गर्नुहुनेछ। जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ।

यति गरिसकेपछी एटिएम बुथमा एटिएममा पनि कार्ड हाल्नु अगाडिनै तपाईंले ‘कार्डरहित’ भन्ने अप्सन देख्न सक्नुहुनेछ। र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनि मा दर्ता भएको नम्बर हाल्नुपर्ने हुन्छ।

त्यसपछी तपाईंले प्राप्त गर्नु भएको ओटिपी कोड र मोबाईल मनि मा अनुरोध गरिएको रकम हालेपछि तपाईंले एटिएमबाट नगद प्राप्त गर्न सक्नु हुनेछ। यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटिएममा र मोबाईल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।

चर्चामा

सम्बन्धित समाचार