• होमपेज
  • सुचना प्रबिधी
  • मौसम पूर्वानुमानः आगामी तीन दिनको मौसम कस्तो ?

मौसम पूर्वानुमानः आगामी तीन दिनको मौसम कस्तो ?

  • शनिबार, पुस ४, २०७७
मौसम पूर्वानुमानः आगामी तीन दिनको मौसम कस्तो ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ ।

यसैगरी, अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ४ गते (शनिबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते (आइतबार)

दिउँसोः प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)

दिउँसोः कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार