शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ५
  • भारतबाट आउदै गरेकी बाजुराकी एक महिला नेपालगंजमा हराईन

भारतबाट आउदै गरेकी बाजुराकी एक महिला नेपालगंजमा हराईन

  • शुक्रबार, पुस ३, २०७७
भारतबाट आउदै गरेकी बाजुराकी एक महिला नेपालगंजमा हराईन

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ४ डाँडा गाउँकी एक महिला भारत बाट नेपाल आउदै गर्दा नेपालगंजमा हराएकी छन । जगन्नाथ गाउँपालिका वडा न ४ डाँडा गाउँकी बर्ष ४५ की दुर्गादेबी सिहं नेपालगंजको पुष्पलाल चोकबाट हराएको उनका श्रीमान धनराज सिहंले बताएका छन ।
सुक्रबार अर्थात आज बिहान भारत बाट नेपाल आउदै गर्दा रुपडिया नाकाबाट पुष्पलाल चोकसम्म उनका श्रीमान संगै रहेकी र पिसाव फेर्न भनेर गएकी उनकी श्रीमती दिनभरी खोज्दा कतै नभेटिएको  उनका आफन्त रतन ठकुरीले बताएका छन । बिहान १० बजेतिर हराएकी सिहंकाे खाेजी गर्दा कतै नभेटिएकाे उनका श्रीमान सिहंले बताएका छन ।
त्यहाँको प्रहरीलाई समेत खवर गरेको र प्रहरीले खोज्दा पनी कतै नभेटिएको उनका श्रीमान सिहंले बताए । उनलाई फेला पार्नुहने महानुभावले नेपालगंज स्थित जिल्लामा रहेका प्रहरी चौकी र उनका आफन्त रतन ठकुरी ९८४९१२६०८२ लाई सम्र्पक गरी सहयोग गर्न समेत अपिल गरेका छन ।
उनको परिवार सहित लामो समय भारतमा काम गर्दै आएको र घर फर्किने क्रममा हराएको उनका आफन्तहरुले बडिमालिका खवरलाई जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार